प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अप्रिल p. १
  • हामी सबैले नयाँ चेला बनाउन मदत गर्न सक्छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी सबैले नयाँ चेला बनाउन मदत गर्न सक्छौं
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • ख्रिष्टका आज्ञाहरू पालन गर्न तपाईँ अरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “त्यसैले जाओ र . . . चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अप्रिल p. १

हामी सबैले नयाँ चेला बनाउन मदत गर्न सक्छौं

१ नयाँ व्यक्‍तिलाई यहोवाको साक्षी बनाउन एक जनाले मात्र मिहेनत गरेको हुँदैन। बाइबल विद्यार्थीलाई आध्यात्मिक रूपमा अघि बढ्‌न मदत दिन यहोवा आफ्ना सबै ‘सहकर्मीको’ मदत लिनुहुन्छ। (१ कोरि. ३:६-९) हाम्रो असल बानीबेहोरा र सभामा हामीले मनदेखि दिएको टिप्पणीले परमेश्‍वरको आत्माले हामीमा प्रभाव पारिरहेको छ भनेर प्रस्टै प्रमाण दिन्छ। यस्तो प्रमाणले नयाँ व्यक्‍तिहरूलाई यहोवाको उपासक बन्‍न प्रोत्साहन दिन्छ। (यूह. १३:३५; गला. ५:२२, २३; एफि. ४:२२, २३) नयाँ व्यक्‍तिलाई मदत गर्न हामी अझ के गर्न सक्छौं?

२ मण्डलीका सबैले: सभामा आउन थालेकाहरूलाई भेटेर, हार्दिक स्वागत गरेर र सभा सुरु हुनुअघि अनि सभा सकिएपछि पनि कुराकानी गरेर हामी चासो देखाउन सक्छौं। पहिलो पटक हाम्रो सभामा आएका एक जनाले यसो भने: “मैले सानैदेखि धाएको चर्चका परिचित मानिसहरूभन्दा यी अपरिचित मानिसहरू नै निष्कपट रहेछन्‌ भनेर मैले भेट्‌ने बित्तिकै थाह पाएँ। सत्य यही हो भनेर प्रस्टै बुझें!” त्यसको सात महिनापछि त तिनी यहोवाको बप्तिस्मा प्राप्त साक्षी भइसकेका थिए।

३ बाइबल विद्यार्थीले आध्यात्मिक प्रगति गर्दै जाँदा तिनको प्रशंसा गर्नुहोस्‌। तिनले विरोध सहनु परिरहेको छ कि? सधैं सभामा आइरहेका छन्‌ कि? साहस जुटाएर टिप्पणी दिंदै छन्‌ कि? ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिएका वा प्रचार गर्न थालिसकेका छन्‌ कि? तिनले गरेका यस्ता उन्‍नतिहरूको प्रशंसा गर्नुहोस्‌। यसो गर्दा नयाँ व्यक्‍तिले प्रोत्साहन पाउँछन्‌।—हितो. २५:११.

४ बाइबल अध्ययन संचालकले: कुनै-कुनै प्रकाशकले मण्डलीका अरू भाइबहिनीलाई अध्ययनमा सँगै लगेर बाइबल विद्यार्थीलाई चिनाएका छन्‌ र अझै मदत दिन सकेका छन्‌। नयाँ व्यक्‍तिलाई सभामा आउन निम्तो दिन ढिला नगर्नुहोस्‌। सभामा आएपछि अरूसँग चिनजान गराइदिनुहोस्‌। तिनलाई कुनै नराम्रो बानी छोड्‌न गाह्रो परिरहेको छ कि? जस्तै: तिनलाई चुरोट छोड्‌न गाह्रो भइरहेको छ कि? परिवारबाट विरोध आइरहेको छ कि? यस्तै समस्या भोगिसकेका हाम्रा भाइबहिनीसित भेटघाट गराउँदा तिनले मदत पाउन सक्छन्‌।—१ पत्रु. ५:९.

५ नयाँ व्यक्‍तिलाई सच्चाइमा ल्याउन हामी सबैले आध्यात्मिक मदत दिनुपर्छ। त्यसैले हामी सबैले चासो देखाऔं र नयाँ व्यक्‍तिलाई उन्‍नति गर्न मदत गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने