सेवा सभाको तालिका
सूचना: प्रत्येक हप्ताको लागि हाम्रो राज्य सेवकाई-मा हरेक महिना सेवा सभाको तालिका दिइनेछ। “ख्रीष्टको पछि लागौं!” विषयको जिल्ला अधिवेशनमा उपस्थित हुनुपर्ने भएकोले यस तालिकामा मण्डलीहरूले आवश्यक छाँटकाँट गर्न सक्छन्। यस महिनाको परिशिष्टमा जिल्ला अधिवेशनको लागि सल्लाह र ध्यान दिनुपर्ने कुराहरू दिइएका छन्। उपयुक्त भए, अधिवेशनमा उपस्थित हुनुअघिको सेवा सभामा १५ मिनेटको भागमा तपाईंको मण्डलीको लागि लागू हुने सल्लाह र ध्यान दिनुपर्ने कुराहरू दोहोऱ्याउनुहोस्। अधिवेशन सिद्धिएको एक वा दुई महिनापछि अधिवेशनका विशेषताहरू पुनरावलोकन गर्न सेवा सभामा (स्थानीय आवश्यकताको सट्टामा पनि पुनरावलोकन गर्न सकिन्छ) १५ देखि २० मिनेट समय छुट्याउनुहोस्। तर यो भागमा अधिवेशनको पूरै कार्यक्रम पुनरावृत्ति गर्ने होइन। बरु, अधिवेशनमा सिकेको कुरा प्रकाशकहरूले प्रचारमा प्रयोग गर्दा फाइदाजनक भएका बुँदाहरू मात्र छलफल गर्नुहोस्। यो भाग सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। अनि ती जानकारी सेवकाईमा कसरी प्रयोग गरिरहेका छन्, श्रोतालाई बताउने मौका दिनुहोस्।
अप्रिल ९ मा सुरु हुने हप्ता
गीत ८ (५३)
१० मि: स्थानीय घोषणा। पृष्ठ ८ मा दिइएका सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा अप्रिल १ को प्रहरीधरहरा र अप्रिल-जूनको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। एउटा प्रदर्शनमा प्रकाशकले पुनःभेट गर्न एउटा प्रश्न छोडेर आएको प्रदर्शन देखाउनुहोस्।
१५ मि: “हामी सबैले नयाँ चेला बनाउन मदत गर्न सक्छौं।”aअनुच्छेद ४ छलफल गर्दा, बप्तिस्मा लिनुअघि प्रकाशकहरूले कसरी प्रोत्साहन पाएका थिए भनेर टिप्पणी गर्न लगाउनुहोस्। एक-दुइटा टिप्पणी पहिल्यै तयार पार्न पनि सकिन्छ।
२० मि: “‘ख्रीष्टको पछि लागौं!’ जिल्ला अधिवेशनको विश्वव्यापी विज्ञापन।”b अनुच्छेद ३ छलफल गर्दा पोहोर सालको जिल्ला अधिवेशनको निम्तोपर्ची बाँड्दा प्राप्त भएका अनुभवहरू बताउन लगाउनुहोस् अथवा सन् २००७ को यरबूक-को पृष्ठ ७ देखि पृष्ठ १० को उपशीर्षकसम्मबाट टिप्पणी गर्न लगाउनुहोस्।
गीत ४ (४३) र समापन प्रार्थना।
अप्रिल १६ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: “आँटिलो भएर परमेश्वरको वचन बोल्नुहोस्।”c समय पुग्यो भने लेखमा दिइएका बाइबल पदहरूबाट टिप्पणी गर्न लगाउनुहोस्।
२० मि: “विस्तृत साक्षी दिन प्रशिक्षित”—भाग १। प्रहरीधरहरा, जनवरी १, २००५, पृष्ठ १२-१४, अनुच्छेद १-१० मा आधारित भाषण र छलफल। प्रहरीधरहरा-को उक्त लेखको बाँकी भाग अर्को हप्ता छलफल गरिनेछ, त्यसैले राम्ररी तयारी गरेर आउन सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत १ (१३) र समापन प्रार्थना।
अप्रिल २३ मा सुरु हुने हप्ता
गीत २२ (१३०)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। पृष्ठ ८ मा दिइएका सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा मे १ को प्रहरीधरहरा र अप्रिल-जूनको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्।
१० मि: “किन सत्य बोल्ने?” प्रहरीधरहरा, फेब्रुअरी १, २००७, पृष्ठ ४-७ मा आधारित भाषण।
२५ मि: “विस्तृत साक्षी दिन प्रशिक्षित।”–भाग २। प्रहरीधरहरा, जनवरी १, २००५, पृष्ठ १४-१७, अनुच्छेद ११-२४ मा आधारित भाषण र छलफल।
गीत ३ (३२) र समापन प्रार्थना।
अप्रिल ३० मा सुरु हुने हप्ता
गीत १७ (१८७)
५ मि: स्थानीय घोषणा। अप्रिल महिनाको क्षेत्र सेवकाईको रिपोर्ट दिन भाइबहिनीलाई सम्झाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
३० मि: “मसीही इज्जतको ख्याल राख्दै ख्रीष्टको पछि लागौं।”d मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। तपाईंको मण्डलीलाई कुनचाहिं अधिवेशनमा खटाइएको छ, त्यो बताउनुहोस्। “जिल्ला अधिवेशनका बेला ध्यान दिनुपर्ने कुराहरू” पुनरावृत्ति गर्नुहोस्।
गीत ४ (४३) र समापन प्रार्थना।
मे ७ मा सुरु हुने हप्ता
गीत १९ (१६४)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: उपासनास्थलको निर्माण तथा हेरविचार। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको अध्याय ११ मा आधारित भाषण र श्रोतासित छलफल। (यस राज्य सेवकाई-को पृष्ठ ७-१० हेर्नुहोस्।)
२० मि: “मानिसहरू घरमा नभेटिंदा।”* सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ।
गीत ३ (३२) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तर गर्दै छलफल गर्नुहोस्।