प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जुलाई pp. १-७
  • “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ”
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परीक्षाहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • धैर्य गर्दा इनाम मिल्छ
    हाम्रो राज्य सेवकाई—२००४
  • परीक्षाहरूको बाबजुद आनन्द कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 जुलाई pp. १-७

“धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ”

१ सबै मसीहीले परीक्षा सामना गर्नैपर्छ। (२ तिमो. ३:१२) विभिन्‍न कुराले हाम्रो परीक्षा गर्न सक्छ। जस्तै: रोगबिमार, आर्थिक कठिनाई, प्रलोभन, सतावट अनि त्यस्तै अरू कुरा। हामी थाकोस्‌, मसीही सेवालाई हल्कासित लेओस्‌ अनि परमेश्‍वरको सेवा गर्न बन्द गरोस्‌ भनेर शैतानले हाम्रो परीक्षा गर्छ। (अय्यू. १:९-११) परीक्षा आइपर्दा स्थिर बस्ने मानिस कसरी आनन्दित हुन सक्छ?—२ पत्रु. २:९.

२ परीक्षा सामना गर्न तयार हुनुहोस्‌: यहोवाले आफ्नो लिखित वचनद्वारा येशूको जीवनी तथा शिक्षाका साथै अरू सत्य कुरा सिकाउनुभएको छ। येशूको कुरा सुनेर अनि त्यसअनुसार चलेर हामी परीक्षासित लड्‌न आफूलाई बलियो अनि तयार बनाउन सक्छौं। (लूका ६:४७-४९) यहोवाका अरू प्रबन्धबाट पनि हामी आफूलाई बलियो बनाउन सक्छौं। जस्तै: हाम्रा भाइबहिनीहरू, सभाहरू, अनि विश्‍वासी र बुद्धिमान्‌ दासले तयार परेका बाइबल आधारित प्रकाशनहरू। यसबाहेक, हामी जुनसुकै बेला अनि जतिसुकै पटक परमेश्‍वरलाई प्रार्थना गर्न सक्छौं।—मत्ती ६:१३.

३ यहोवाले हामीलाई आशा पनि दिनुभएको छ। यहोवाका प्रतिज्ञाहरूमाथि अटल विश्‍वास गऱ्‍यौं भने हाम्रो आशा ‘हाम्रो आत्माको निम्ति दृढ र सुरक्षित लङ्‌गर’ बन्‍न सक्छ। (हिब्रू ६:१९, NRV) प्राचीन समयमा, मौसम जतिसुकै अनुकुल भए तापनि लङ्‌गरबिना कोही पनि समुद्री यात्रामा निस्कँदैन थियो। अचानक समुद्री-आँधी चलेको बेला लङ्‌गर समुद्रमा खसालेर जहाजलाई चट्टानमा ठोकिनदेखि बचाइन्थ्यो। परमेश्‍वरका प्रतिज्ञाहरूमाथि अहिल्यै अटल विश्‍वास गरेका छौं भने भविष्यमा तुफानसरि समस्या आइपर्दा स्थिर भएर बस्न सक्नेछौं। समस्या अनि कठिनाई हामीले आशै नगरेको बेला आउन सक्छ। पावल र वर्णावासले लिस्त्रामा प्रचार गर्दा मानिसहरूले पहिले त निकै चाख दिएका थिए। तर यहूदी विरोधीहरू आएपछि परिस्थिति अचानक परिवर्तन भयो।—प्रेरि. १४:८-१९.

४ परीक्षामा स्थिर बस्ने व्यक्‍ति आनन्दित हुन्छ: मानिसहरूले जस्तोसुकै विरोध गरे पनि प्रचार गरिरहेर हामी शान्ति महसुस गर्छौं। ख्रीष्टको खातिर अपमान सहनुपर्दा हामी त्यसलाई सौभाग्य सम्झन्छौं। (प्रेरि. ५:४०, ४१) परीक्षामा स्थिर भएर बस्दा हामी पहिलेभन्दा झन्‌ नम्र, आज्ञाकारी अनि धीरजी हुन सक्छौं। (व्यव. ८:१६, NRV; हिब्रू ५:८; याकू. १:२, ३) साथै यहोवामाथि भर पर्न, उहाँका प्रतिज्ञाहरूमाथि भरोसा गर्न अनि उहाँकै शरण लिन पनि सिक्छौं।—हितो. १८:१०.

५ परीक्षा क्षणिक हुन्छ भनेर हामीलाई थाह छ। (२ कोरि. ४:१७, १८) यहोवालाई हामी कत्तिको माया गर्छौं, परीक्षा आइपर्दा देखाउने मौका पाउँछौं। परीक्षामा स्थिर भएर हामी शैतानका आरोपहरूलाई झूटो साबित गर्न सक्छौं। त्यसैले, हरेस नखाऔं! “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। किनभने त्यसको जाँच भइसकेपछि . . . जीवनको मुकुट त्यसले पाउनेछ।”—याकू. १:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने