प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जुलाई p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९९
  • इन्टरनेटका खतराहरूदेखि म कसरी जोगिनसक्छु?
    ब्यूँझनुहोस्‌!—२०००
  • के इन्टरनेट डेटिङ साँच्चै खतरनाक हुन सक्छ?
    ब्यूँझनुहोस्‌!—२००५
  • इन्टरनेटका सेवा तथा सामग्री
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 जुलाई p. ७

प्रश्‍न पेटी

◼ इन्टरनेटमा अपरिचित व्यक्‍तिसित संगत गर्दा कस्तो हानि हुन सक्छ?

इन्टरनेटमा अचेल चिनजान बढाउन अनि पत्राचार गर्न तयार पारिएका थुप्रै वेबसाइट भेटिन्छन्‌। यी साइटहरूमध्ये थुप्रैमा फोटो अनि अन्य व्यक्‍तिगत विवरण राखेर आफ्नो परिचय पोष्ट गर्न मिल्छ। त्यसपछि त्यस्तो परिचयको आधारमा अरूले सम्पर्क राख्न सक्छन्‌। युवायुवतीहरूबीच यस्ता साइटहरू निकै लोकप्रिय छन्‌ र आफूलाई यहोवाको साक्षी भनेर चिनाउने अपरिचित व्यक्‍तिहरूसित चिनजान बढाउन मण्डलीका केही युवायुवतीहरूसमेत यस्ता साइटहरूमा जान थालेका छन्‌।

इन्टरनेटमा आफ्नो परिचय, आध्यात्मिकता अनि मनसाय सजिलै लुकाउन सकिन्छ। (भज. २६:४) आफूलाई यहोवाको साक्षी भनेर चिनाउने व्यक्‍ति वास्तवमा साक्षी नहुन सक्छ। अथवा बहिष्कृत वा सक्रिय धर्मत्यागीसमेत हुन सक्छ। (गला. २:४) यसबाहेक, थुप्रै बालयौन दुराचारी यस्ता वेबसाइटमार्फत केटाकेटीलाई आफ्नो सिकार बनाउँछन्‌ भनेर रिपोर्टहरू प्राप्त भएका छन्‌।

यस्ता वेबसाइटमार्फत पत्राचार गर्ने व्यक्‍तिले तिनको आफ्नो मण्डलीमा असल नाउँ कमाएका छन्‌ भनी विश्‍वस्त छौं भने पनि हामी होसियार हुनैपर्छ। किनकि यस्ता वेबसाइटहरूमा हुने कुराकानी अस्वस्थकर विषयतर्फ मोडिन कत्ति पनि बेर लाग्दैन। इन्टरनेटको कुराकानी आमने-सामने बसेर गरेको कुराकानीजस्तो हुँदैन। इन्टरेनटमा मानिसहरू जस्तोसुकै कुरा गर्न पनि अप्ठेरो मान्दैनन्‌। यसबाहेक, इन्टरनेटमा कुराकानी गोप्य हुने भएकोले आफूले जेसुकै भने पनि अरूले र त्यसमाथि पनि आमाबाबु वा प्राचीनहरूले त्यसको सुइँको पाउँदैनन्‌ भन्‍ने दृष्टिकोण तिनीहरूको हुन सक्छ। दुःखको कुरा, मसीही परिवारमा हुर्केका केही केटाकेटी यस्ता वेबसाइटहरूमा छाडा कुराकानी गर्ने हदसम्म पुगेका छन्‌। (एफि. ५:३, ४; कल. ३:८) अरू कतिले चाहिं आफ्नो कमोत्तेजक फोटो पठाउने, अश्‍लील उपनाउँ राख्ने अथवा अश्‍लील म्युजिक भिडियोका लिंकहरू राख्ने गरेका छन्‌।

यी सबै कुरालाई ध्यानमा राख्दै छोराछोरीले कम्प्युटरमा के गर्दैछन्‌, आमाबाबुले निगरानी गर्नुपर्छ। (हितो. २९:१५) अपरिचित व्यक्‍तिलाई घरमा पस्न दिनु अथवा छोराछोरीलाई त्यस अपरिचितसित एक्लै छोड्‌नु खतरनाक कुरा हो। त्यसैगरि, यहोवाको साक्षी हुँ भनी परिचय दिने मानिसहरू नै किन नहोऊन्‌, इन्टरनेटमा भेटिने अपरिचित मानिसहरूसित छोराछोरीलाई मित्रता गाँस्न दिनु पनि खतरनाक कुरा हो।—हितो. २२:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने