प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अगस्त p. १
  • हामीले पाएको सुअवसरको कदर गरौं!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले पाएको सुअवसरको कदर गरौं!
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं अझ बढी सेवा गर्ने चाहना गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवासित काम गर्ने सुअवसरको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईं पहिले जस्तै फेरि जिम्मेवारी बहन गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परिचालक निकायको पत्र
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अगस्त p. १

हामीले पाएको सुअवसरको कदर गरौं!

१ सृष्टि भएदेखि यहोवाले आफ्ना सेवकहरूलाई थरीथरीका सुअवसर दिनुभएको छ। उहाँले यस्ता सुअवसर स्त्री-पुरुष अनि सबै उमेर र वर्गका मानिसहरूलाई दिनुभएको छ। (लूका १:४१, ४२; प्रेरि. ७:४६; फिलि. १:२९) आज उहाँले हामीलाई कस्ता सुअवसर दिनुभएको छ?

२ हामीले पाएका केही सुअवसर: यहोवाबाट सिक्न पाउने सुअवसर हामीले पाएका छौं। (मत्ती १३:११, १५) मण्डलीका सभाहरूमा टिप्पणी दिएर यहोवाको प्रशंसा गर्न पाउनु हामीलाई मनपर्ने अर्को सुअवसर हो। (भज. ३५:१८) टिप्पणी दिने मौका पाउँदा हामी उत्साहित भएर टिप्पणी दिन्छौं। यसबाहेक, मण्डलीमा पाएको प्रत्येक जिम्मालाई सम्मानको रूपमा लिन्छौं भने, आफ्नो क्षमताले भ्याएसम्म ती जिम्मा राम्ररी पूरा गर्न हामी अग्रसर हुनेछौं। राज्यभवन सफा गर्ने र स्याहार-सम्भार गर्ने सुअवसर पाउँदा के हामी पूरापूर भाग लिने गर्छौं?

३ परमेश्‍वरले प्रार्थना सुन्‍नुभयो कि सुन्‍नुभएन भनेर थुप्रै अन्योलमा छन्‌ तर हामीचाहिं ढुक्क छौं। किनकि ब्रह्‍माण्डकै सर्वोच्च व्यक्‍तिले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ। यो पनि हामीले पाएको सुअवसर हो। (हितो. १५:२९) आफ्ना सेवकहरूको प्रार्थना यहोवा आफै सुन्‍नुहुन्छ। (१ पत्रु. ३:१२) हामीले कति पटक प्रार्थना गर्न सक्छौं भनेर उहाँले सीमा तोक्नुभएको छैन। हामीले “हर समय” प्रार्थना गर्ने ठूलो सम्मान पाएका छौं।—एफि. ६:१८.

४ “परमेश्‍वरका सहकर्मी”: हामीले पाएको सबैभन्दा ठूलो सुअवसरमध्ये एउटा, ‘परमेश्‍वरका सहकर्मीको’ रूपमा उहाँको राज्यको सुसमाचार घोषणा गर्न पाउनु हो। (१ कोरि. ३:९) यो काममा लाग्दा हामी सन्तुष्टि र स्फूर्ती पाउँछौं। (यूह. ४:३४) आफ्नो काम पूरा गर्न मानिसहरूलाई नै चलाउनुपर्ने कुनै बाध्यता यहोवालाई छैन। तर हामीप्रतिको मायाले गर्दा उहाँले हामीलाई यो कार्यभार सुम्पनुभएको हो। (लूका १९:३९, ४०) तर त्यसो भन्दैमा यहोवाले जसलाई पायो त्यसलाई यो सुअवसर दिनुभएको छैन। प्रचारकार्यमा भाग लिन चाहने व्यक्‍तिसित केही खास आध्यात्मिक योग्यताहरू हुनैपर्छ र त्यसलाई यथावत्‌ राख्नैपर्छ। (यशै. ५२:११) हरेक हप्ता प्रचारकार्यलाई प्राथमिकता दिएर के हामी यस सुअवसरका लागि आफ्नो कृतज्ञता देखाइरहेका छौं?

५ यहोवाले दिने सुअवसरहरूले हाम्रो जीवन अर्थपूर्ण बनाउँछ। (हितो. १०:२२) त्यसैले यसलाई कहिल्यै हल्कासित नलिनुहोस्‌। सेवा गर्ने सुअवसरलाई साँच्चै कदर गर्छौं भनेर प्रमाणित गरेर हामी ‘हरेक असल दान र हरेक उत्तम वरदानका’ स्रोत—स्वर्गमा बस्ने हाम्रो पितालाई प्रसन्‍न तुल्याउँछौं।—याकू. १:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने