प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १०/१५ पृ. २३-२७
  • यहोवासित काम गर्ने सुअवसरको कदर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवासित काम गर्ने सुअवसरको कदर गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले मानिसहरूलाई दिनुभएको काम
  • आफूले पाएको जिम्मेवारीप्रति सकारात्मक दृष्टिकोण राख्नुहोस्‌
  • यहोवासित काम गर्ने सुअवसरको कदर गरिरहनुहोस्‌
  • परमेश्‍वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हामीले पाएको सुअवसरको कदर गरौं!
    हाम्रो राज्य सेवकाई—२००७
  • वफादारी साथ यहोवासँग काम गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मण्डलीमा आफ्नो स्थानको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १०/१५ पृ. २३-२७
न्यु योर्कको वारविकमा बन्दै गरेको मुख्यालयको नमुना

यहोवासित काम गर्ने सुअवसरको कदर गर्नुहोस्‌

“हामी परमेश्‍वरका सहकर्मीहरू हौं।”—१ कोरि. ३:९.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • यहोवाका सबै सेवकहरूले सुरुदेखि नै कस्तो सुअवसर पाएका छन्‌?

  • हामीले कदर गर्नुपर्ने सबैभन्दा ठूलो सुअवसर कुन हो?

  • हामीले भविष्यको लागि कस्तो आशा पाएका छौं?

१. कामबारे यहोवाको सोचाइ कस्तो छ? यहोवाले अरूलाई पनि कस्तो काम दिनुहुन्छ?

यहोवा आफूले गरेको कामबाट आनन्द उठाउनुहुन्छ। (भज. १३५:६; यूह. ५:१७) उहाँ मानिस तथा स्वर्गदूतहरूले पनि आफ्नो कामबाट आनन्द उठाएको चाहनुहुन्छ। त्यसैले उनीहरूलाई रमाइलो र सन्तोषजनक काम दिनुहुन्छ। जस्तै, उहाँले आफ्नो जेठो छोरालाई सृष्टिको काममा भाग लिने मौका दिनुभयो। (कलस्सी १:१५, १६ पढ्‌नुहोस्‌) बाइबलअनुसार पृथ्वीमा आउनुअघि येशू “एक कारीगरझैं” परमेश्‍वरको छेउमा बस्नुहुन्थ्यो।—हितो. ८:३०, NRV.

२. स्वर्गदूतहरूले महत्त्वपूर्ण र सन्तोषजनक काम पाएका छन्‌ भनेर किन भन्‍न सक्छौं?

२ यहोवाले स्वर्गदूतहरूलाई काम सुम्पनुभएको थुप्रै विवरण बाइबलमा पाउँछौं। आदम र हव्वाले गल्ती गरेपछि यहोवाले तिनीहरूलाई अदनको बगैंचाबाट निकालिदिनुभयो। त्यसपछि “जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनको बगैंचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।” (उत्प. ३:२४) प्रकाश २२:६ अनुसार यहोवाले “अब छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न आफ्नो स्वर्गदूत पठाउनुभयो।”

यहोवाले मानिसहरूलाई दिनुभएको काम

३. पृथ्वीमा छँदा येशूले कसरी आफ्नो बुबाको अनुकरण गर्नुभयो?

३ पृथ्वीमा छँदा येशूले यहोवाले दिनुभएको काम खुसीसाथ गर्नुभयो। आफ्नो बुबाले जस्तै येशूले पनि चेलाहरूलाई महत्त्वपूर्ण काम सुम्पनुभयो। उहाँले चेलाहरूलाई यसो भन्‍नुभयो, “तिमीहरूलाई म साँच्चै भन्छु, जसले ममाथि विश्‍वास गर्छ, मैले गरेको काम उसले पनि गर्नेछ; र तीभन्दा पनि ठूला कामहरू गर्नेछ, किनकि म बुबाकहाँ जाँदैछु।” (यूह. १४:१२) येशूका यी शब्दहरूले गर्दा चेलाहरू आफूले पाएको काम गर्न जुरमुरिए। यो काम कत्तिको महत्त्वपूर्ण छ भनेर बुझाउन येशूले उनीहरूलाई यसो भन्‍नुभयो, “मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ, किनकि रात आउँदैछ, जब कुनै मानिसले काम गर्न सक्दैन।”—यूह. ९:४.

४-६. (क) नूह र मोशाले आफूले पाएको काम राम्ररी पूरा गरेकोमा हामीलाई कस्तो फाइदा भएको छ? (ख) यहोवाका सेवकहरूको जिम्मेवारी परिवर्तन भए तापनि उनीहरूको कामको नतिजा कस्तो भएको छ?

४ येशू पृथ्वीमा आउनुअघि पनि यहोवाले मानिसहरूलाई सन्तोषजनक काम दिनुभएको थियो। आदम र हव्वाले आफूले पाएको काम पूरा गरेनन्‌। तर तिनीहरूका थुप्रै सन्तानले भने यहोवाको निर्देशनअनुसार गरे। (उत्प. १:२८) यहोवाले नूहलाई एउटा विशेष काम दिनुभयो। मानिसहरूलाई जलप्रलयबाट बचाउन तिनले ठूलो जहाज बनाउनुपर्ने थियो। तिनले यहोवाले भन्‍नुभएको सबै कुरा गरे। तिनले आफूले पाएको काम राम्ररी पूरा गरेकोले आज हामीले जीवन पाएका छौं।—उत्प. ६:१४-१६, २२; २ पत्रु. २:५.

५ मोशाले पनि यहोवाबाट विशेष काम पाए। बासस्थान बनाउने अनि पुजारीहरूले गर्नुपर्ने काम-कर्तव्य व्यवस्थित गर्ने विषयमा यहोवाले मोशालाई स्पष्ट निर्देशन दिनुभयो। (प्रस्थ. ३९:३२; ४०:१२-१६) प्रेषित पावलले बताएअनुसार बासस्थान र पुजारीहरू अहिले चलिरहेका कुराहरूको नमुना हो। (हिब्रू ९:१-५, ९; १०:१) त्यसैले मोशाले आफूले पाएको काम तनमनले पूरा गरेकाले आज हामीलाई पनि फाइदा भएको छ।

६ यहोवाको उद्देश्‍य पूरा हुँदै जाँदा उहाँका सेवकहरूको जिम्मेवारी पनि परिवर्तन हुन्छ। तैपनि उनीहरूको कामले यहोवाको महिमा भइरहेको छ र थुप्रैले लाभ उठाएका छन्‌। पृथ्वीमा आउनुअघि र पृथ्वीमा छँदा येशूले गर्नुभएका कामहरूले यहोवाको महिमा गऱ्‍यो र थुप्रैले लाभ उठाए। (यूह. ४:३४; १७:४) आज हामीले पनि आफूले पाएको काम राम्ररी पूरा गर्दा यहोवाको महिमा हुन्छ। (मत्ती ५:१६; १ कोरिन्थी १५:५८ पढ्‌नुहोस्‌) हामी किन त्यसो भन्‍न सक्छौं?

आफूले पाएको जिम्मेवारीप्रति सकारात्मक दृष्टिकोण राख्नुहोस्‌

७, ८. (क) आज ख्रीष्टियनहरूले कस्ता सुअवसर पाएका छन्‌? व्याख्या गर्नुहोस्‌। (ख) यहोवाबाट निर्देशन पाउँदा हामीले के गर्नुपर्छ?

७ यहोवाले हामी त्रुटिपूर्ण मानिसहरूलाई आफ्नो “सहकर्मी” हुने मौका दिनुभएको छ र यो हाम्रो लागि ठूलो सम्मान हो। (१ कोरि. ३:९) नूह र मोशाले जस्तै केहीले निर्माणकार्यमा भाग लिइरहेका छन्‌। तिनीहरू सम्मेलन भवन, राज्यभवन र शाखा कार्यालयका भवनहरू निर्माण गर्छन्‌। कतिपयले स्थानीय राज्यभवन मर्मतसम्भार गर्ने काममा भाग लिइरहेका छन्‌। कतिपयले भने न्यु योर्कको वारविकमा मुख्यालयको निर्माणकार्यमा सघाइरहेका छन्‌। तर आफूले जुनसुकै जिम्मेवारी पाए पनि त्यसको कदर गर्नुपर्छ। (शीर्षकमाथि मुख्यालयको नमुना हेर्नुहोस्‌) थोरैले मात्र यस्तो पवित्र सेवामा भाग लिने मौका पाएका छन्‌। तर आध्यात्मिक निर्माणकार्य अर्थात्‌ प्रचारकार्यमा भने सबैले भाग लिइरहेका छन्‌। यस कामले पनि यहोवाको महिमा गर्छ र थुप्रैलाई लाभ पुऱ्‍याउँछ। (प्रेषि. १३:४७-४९) प्रचारकार्यलाई व्यवस्थित पार्न परमेश्‍वरको सङ्‌गठनले कहिलेकाहीं हाम्रो जिम्मेवारी परिवर्तन पनि गर्न सक्छ।

दुई जना भाइ निर्माणकार्यमा भाग लिंदै

८ परमेश्‍वरका वफादार सेवकहरू सधैं उहाँको निर्देशनअनुसार चल्छन्‌। (हिब्रू १३:७, १७ पढ्‌नुहोस्‌) सङ्‌गठनले हामीलाई नयाँ जिम्मेवारी दिनुको कारण राम्ररी बुझ्न कहिलेकाहीं हामीलाई गाह्रो हुन सक्छ। तैपनि हामी यहोवाको निर्देशनअनुसार गर्छौं किनकि त्यस्तो परिवर्तनको पछाडि यहोवाको हात छ र त्यसको नतिजा राम्रै हुन्छ भनेर हामीलाई थाह छ।

एक भाइ ट्रलीमा साहित्यहरू राखेर सार्वजनिक साक्षीकार्यमा भाग लिइरहेका

९. एल्डरहरूले मण्डलीमा कस्तो उदाहरण बसाल्छन्‌?

९ मण्डलीमा राम्ररी नेतृत्व लिएर एल्डरहरूले मनैदेखि यहोवाको इच्छाअनुसार चल्न चाहेको देखाउँछन्‌। (२ कोरि. १:२४; १ थिस्स. ५:१२, १३) एल्डरहरू कडा मेहनत गर्न र सङ्‌गठनको निर्देशनअनुसार चल्न इच्छुक हुन्छन्‌। तिनीहरू प्रचार गर्ने नयाँ तरिकाहरू सिक्न तयार हुन्छन्‌। कसै-कसैलाई टेलिफोनबाट साक्षी दिन, बन्दरगाहमा प्रचार गर्न वा सार्वजनिक साक्षीकार्यमा भाग लिन सुरु-सुरुमा अप्ठ्‌यारो लाग्न सक्छ। जस्तै, जर्मनीका चार जना अग्रगामीले व्यापारिक इलाकामा प्रचार गर्ने योजना बनाए। त्यहाँ लामो समयदेखि व्यापारिक इलाकामा प्रचार गरिएको थिएन। तिनीहरूमध्ये मिखाएल नाम गरेका एल्डर यसो भन्छन्‌, “वर्षौंपछि व्यापारिक इलाकामा प्रचार गर्न लागिरहेका थियौं। त्यसैले सुरुमा त हामी अत्तालियौं। यहोवाले हाम्रो अवस्था पक्कै पनि बुझ्नुभएको थियो। त्यस बिहानीको प्रचारकार्य हामी कहिल्यै बिर्सन सक्दैनौं। राज्य सेवा-मा दिइएका निर्देशनअनुसारै हामीले गऱ्‍यौं र यहोवामा भर पऱ्‍यौं।” के तपाईं पनि प्रचार गर्ने नयाँ-नयाँ तरिकाहरू प्रयोग गर्न तयार हुनुहुन्छ?

यहोवाका साक्षीहरू प्रचार गर्दै

१०. हालसालै कस्तो छाँटकाँट गरिएको छ?

१० कहिलेकाहीं अन्य छाँटकाँट पनि गरिन्छ। हालसालै साना शाखा कार्यालयहरूलाई ठूला शाखा कार्यालयहरूमा गाभिएको छ। यसले गर्दा ती साना शाखाहरूमा सेवा गरिरहेकाहरूले पनि केही छाँटकाँट गर्नुपरेको छ। तर त्यस्ता छाँटकाँटहरूको फाइदा तिनीहरूले पछि मात्र बुझेका छन्‌। (उप. ७:८) यहोवाको सङ्‌गठनमा केही योगदान पुऱ्‍याउन पाउँदा ती आत्मत्यागी सेवकहरू खुसी छन्‌।

११-१३. सङ्‌गठनमा छाँटकाँट हुँदा केहीले कस्ता चुनौती सामना गर्नुपरेको छ?

११ अर्को शाखासित गाभिएको शाखामा सेवा गरेका दाजुभाइ दिदीबहिनीबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। केहीले त ती शाखाहरूमा वर्षौं सेवा गरे। मध्य अमेरिकाको सानो बेथेलमा सेवा गरिरहेका एक दम्पतीलाई मेक्सिकोमा रहेको बेथेलमा सेवा गर्न खटाइयो। पहिला सेवा गरेको बेथेलमा भन्दा त्यहाँ बेथेल सेवकहरू धेरै थिए। रोखाल्यो भन्छन्‌, “परिवार अनि साथीभाइ छोडेर आउँदा धेरै गाह्रो भयो।” मेक्सिकोमा सरेका अर्का भाइ क्वान भन्छन्‌, “मलाई त जीवनको नयाँ पाटो सुरु भएको जस्तो लाग्यो। यहाँका दाजुभाइ दिदीबहिनीलाई राम्ररी चिन्‍न र उनीहरूसित घुलमिल हुन समय लाग्यो। यहाँको रहनसहनमा भिज्न प्रयास गर्नुपऱ्‍यो।”

१२ केही युरोपेली मुलुकका बेथेल सेवकहरूलाई जर्मनीमा रहेको शाखामा सेवा गर्न खटाइयो। स्वीजरल्याण्डका सुन्दर पहाडहरू हेर्दै हुर्केकाहरूलाई त्यहाँको रमणीय वातावरण छोडेर जान सजिलो थिएन। साथै, अस्ट्रियाको सानो बेथेलमा सेवा गरिरहेकाहरूलाई ठूलो बेथेलमा सेवा गर्न पक्कै पनि गाह्रो भयो।

१३ अर्को शाखामा सरेकाहरूले थुप्रै छाँटकाँट गर्नुपरेको छ। तिनीहरूका लागि सबै कुरा नयाँ हुन्छ। नयाँ ठाउँ, नयाँ सहकर्मीहरू अनि कसै-कसैको त जिम्मेवारी पनि नयाँ हुन सक्छ। साथै, तिनीहरूले नयाँ मण्डलीसित सङ्‌गत गर्नुपर्ने हुन्छ र नयाँ इलाकामा प्रचार गर्नुपर्ने हुन्छ। कुनै-कुनै अवस्थामा त बेग्लै भाषामा प्रचार गर्नुपर्ने समेत हुन्छ। त्यस्तो छाँटकाँट गर्न सजिलो हुँदैन। तैपनि तिनीहरू त्यस्तो छाँटकाँट गर्न तयार भएका छन्‌। किन?

१४, १५. (क) केहीले यहोवासित काम गर्ने सुअवसरको कदर गरेको कसरी देखाएका छन्‌? (ख) हामी तिनीहरूबाट के सिक्न सक्छौं?

१४ ग्रेटल भन्छिन्‌, “म अर्को शाखामा जान राजी भएँ। किनकि म कुनै खास देश, सुविधा र सुअवसरलाई भन्दा पनि यहोवालाई धेरै माया गर्छु।” अर्की बहिनी दाएस्का भन्छिन्‌, “यहोवाले नै मलाई यस्तो जिम्मेवारी दिनुभएको हो भन्‍ने विचार गर्दा मलाई परिवर्तन स्वीकार्न सजिलो भयो।” आन्ड्रे र गब्रिएला पनि यसो भन्छन्‌, “यो परिवर्तन हाम्रो लागि आफ्नो इच्छालाई पछि सारेर अझ राम्ररी यहोवाको सेवा गर्ने मौका थियो।” तिनीहरू यहोवाको सङ्‌गठनमा छाँटकाँट हुँदा त्यसलाई नकार्नुको साटो स्वीकार्नु राम्रो हो भनेर मानिलिन्छ।

 साक्षीहरू निर्माणकार्यमा भाग लिंदै

यहोवासित काम गर्नु नै हामीले पाएको सबैभन्दा ठूलो सुअवसर हो

१५ शाखा कार्यालयहरू गाभ्दा केही बेथेल सेवकलाई अग्रगामी सेवामा खटाइएको छ। डेनमार्क, नर्वे र स्वीडेनमा भएका शाखालाई गाभेर स्कान्डिनेभिया शाखा बनाइँदा थुप्रै बेथेल सेवकलाई क्षेत्रमा खटाइयो। फ्लोरियान र एन्जा नाम गरेका दम्पती यसो भन्छन्‌, “हुन त नयाँ जिम्मेवारी हाम्रो लागि चुनौती नै हो। तर त्यो चुनौतीको डटेर सामना गर्न हामी तयार छौं। जहाँसुकै खटाइए पनि यहोवाले हामीलाई चलाउँदै हुनुहुन्छ भनेर सोच्दा धेरै खुसी लाग्छ। यहोवाले हामीलाई प्रशस्त आशिष्‌ दिनुभएको महसुस गर्छौं।” हुन त हामीमध्ये प्रायजसो त्यस्तो परिस्थितिमा परेका छैनौं। तैपनि ती दाजुभाइ दिदीबहिनीको इच्छुक मनोभाव देखासिकी गर्न सक्छौं र यहोवाको सेवालाई पहिलो स्थान दिन सक्छौं। (यशै. ६:८) जहाँसुकै सेवा गरे पनि यहोवासित काम गर्ने सुअवसरको कदर गर्नेहरूलाई उहाँ पक्कै आशिष्‌ दिनुहुन्छ।

यहोवासित काम गर्ने सुअवसरको कदर गरिरहनुहोस्‌

१६. (क) गलाती ६:४ ले हामीलाई के गर्न आग्रह गर्छ? (ख) हामीले पाएको सबैभन्दा ठूलो सुअवसर कुन हो?

१६ हामी त्रुटिपूर्ण छौं। त्यसैले आफूलाई अरूसित तुलना गर्ने झुकाव हामीमा छ। तर परमेश्‍वरको वचनले हामीलाई आफूले गर्न नसक्ने कुरामा होइन, गर्न सक्ने कुरामा ध्यान दिन आग्रह गर्छ। (गलाती ६:४ पढ्‌नुहोस्‌) हामी प्रत्येक नै एल्डर, अग्रगामी, मिसनरी वा बेथेल सेवक बन्‍न सक्दैनौं। हुन त यी विशेष सुअवसर हुन्‌ तर त्योभन्दा पनि ठूलो सुअवसर हामी सबैले पाएका छौं। त्यो हो, यहोवाको सहकर्मीको रूपमा सुसमाचार प्रचार गर्ने सुअवसर। यो सुअवसरको सधैं कदर गरौं।

१. एक भाइ बेथेलको छापाखानामा काम गर्दै; २. यहोवाका साक्षीहरू घरघरको प्रचारमा

१७. सैतानको संसार रहुन्जेल हामी के गर्न सक्दैनौं? हामी किन निराश हुनु पर्दैन?

१७ सैतानको संसार रहुन्जेल हामी आफूले चाहेको तरिकामा सेवा गर्न सक्दैनौं। पारिवारिक जिम्मेवारी, स्वास्थ्य अवस्था र अन्य परिस्थितिहरू हाम्रो वशमा छैनन्‌। तैपनि हामी निराश हुनु पर्दैन। जस्तोसुकै समस्या आइपरे पनि हामी सधैं परमेश्‍वरको नाम र उहाँको राज्यबारे प्रचार गर्न सक्छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले सकेजति गर्नु र आफूले भन्दा धेरै गर्न सक्नेहरूको लागि प्रार्थना गर्नु हो। यहोवाको नामको प्रशंसा गर्ने प्रत्येक व्यक्‍ति उहाँको नजरमा अनमोल छन्‌।

१८. हामी कुन कुरालाई पछि सार्न तयार हुनुपर्छ र किन?

१८ हामीमा थुप्रै कमीकमजोरी छन्‌। तैपनि यहोवाले हामीलाई आफ्नो सहकर्मी हुने सुअवसर दिनुभएको छ। यस अन्तको दिनमा यहोवासित काम गर्ने सुअवसरको हामी कदर गर्छौं। हामी आफ्नो इच्छा-आकाङ्‌क्षालाई पछि सार्न तयार हुनुपर्छ। किनकि हामी “साँच्चैको जीवन” पर्खिरहेका छौं। आउनै लागेको नयाँ संसारमा यहोवाको आशिष्‌ले गर्दा सदाको लागि आनन्द र शान्ति अनुभव गर्नेछौं।—१ तिमो. ६:१८, १९.

यहोवाका साक्षीहरू सुस्त श्रवण भएका व्यक्‍तिलाई सुसमाचार सुनाउँदै

के तपाईं आफूले पाएको सुअवसरको कदर गर्नुहुन्छ? (अनुच्छेद १६-१८ हेर्नुहोस्‌)

१९. यहोवाले हाम्रो लागि कस्तो भविष्य साँचेर राख्नुभएको छ?

१९ आज हामी नयाँ संसारको सँघारमै छौं। त्यसैले इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा मोशाले तिनीहरूलाई भनेको यो कुरा सम्झनुहोस्‌, “तिमीहरूका हातका सबै काममा . . . परमेश्‍वरले तिमीहरूलाई अग्घोर वृद्धि गराउनुहुनेछ।” (व्यव. ३०:९) अहिले यहोवासित मिलेर काम गरिरहेकाहरूले आरमागेडोनपछि पृथ्वी अधिकार गर्नेछन्‌। त्यसपछि हामीले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउने नयाँ जिम्मेवारी पाउनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने