प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अक्टोबर p. १
  • दरिद्रलाई आशाको सन्देश सुनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दरिद्रलाई आशाको सन्देश सुनाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • चाँडै, कोही गरिब हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • गरिबले कतिञ्जेल पर्खनुपर्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • गरिबी मुक्‍त संसार नजिकै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अक्टोबर p. १

दरिद्रलाई आशाको सन्देश सुनाउनुहोस्‌

१ येशूले दरिद्रहरूलाई विशेष चासो दिनुहुन्थ्यो। उहाँले चमत्कार गरेर तिनीहरूलाई पटक-पटक भौतिक तवरमा मदत गर्नुभयो, रोगीहरूलाई निको पार्नुभयो। तापनि उहाँको मुख्य ध्यान दरिद्रहरूलाई “सुसमाचार” प्रचार गर्नु थियो। (मत्ती ११:५) आज पनि दरिद्रलगायत सबैका लागि मसीही सेवा उत्तिकै लाभकारी भइरहेको छ।—मत्ती २४:१४; २८:१९, २०.

२ पक्का आशा: चर्चलाई प्रशस्त मात्रामा चन्दा दियो भने फलिफाप हुन्छ भनेर अक्सर त्यसका अगुवाहरू दरिद्रहरूलाई भन्‍ने गर्छन्‌। तर बाइबलले सिकाएअनुसार परमेश्‍वरको राज्यले मात्र गरिबी हटाउनेछ र मानिसजातिको समस्याहरू समाधान गर्नेछ। (भज. ९:१८; १४५:१६; यशै. ६५:२१-२३) त्यसकारण, बाइबलले वास्तवमा के सिकाउँछ, त्यो बुझ्न मदत गरेर हामी दरिद्रहरूलाई आशा दिन्छौं र उनीहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न मदत गर्छौं।—मत्ती ५:३.

३ येशूको समयका फरिसीहरू दरिद्रहरूलाई तुच्छ ठान्थे र तिनीहरूलाई एमहारेट्‌स अर्थात्‌ “धर्तीका मानिसहरू” भन्थे। तर येशूले यी दरिद्रहरूको “रगत” अथवा तिनीहरूको जीवनलाई “बहुमूल्य” ठान्‍नुभयो। (भज. ७२:१३, १४) हामी येशूको अनुकरण गर्न सक्छौं र सहानुभूतिशील भएर यी “दरिद्रहरूलाई दया” देखाउन सक्छौं। (हितो. १४:३१, NRV) गरिब टोलमा बस्नेहरूलाई हेपेर बोल्ने वा साक्षी दिनै नचाहने मनोवृति हामी कदापि देखाउन चाहँदैनौं। अक्सर दरिद्रहरूले नै राज्यको सन्देश सुन्छन्‌।

४ दरिद्रहरूलाई अहिल्यै मदत गर्नुहोस्‌: आफ्नो इलाकाका दरिद्रहरूलाई बाइबल सिद्धान्तहरू सिकाएर गरिबीको असर कम गर्न सकिन्छ। जस्तै: पियक्कड हुनु, जुवातास खेल्नु, अल्छे हुनु, सूर्तीको प्रयोग गर्नु र गरिब बनाउन सक्ने अन्य गतिविधिहरूको बाइबलले घोर भर्त्सना गर्छ। (हितो. ६:१०, ११; २३:२१; २ कोरि. ७:१; एफि. ५:५) बाइबलले त कामदारमा हुनैपर्ने गुणहरू जस्तै, इमानदार बन्‍न र “मनतनले” काम गर्न प्रोत्साहित गर्छ। (कल. ३:२२, २३; हिब्रू १३:१८) वास्तवमा, एउटा सर्वेक्षणअनुसार हाकिमहरूले कामदारमा खोज्ने सबैभन्दा महत्त्वपूर्ण गुण इमानदारी र बफादारी हुन्‌।

५ दरिद्रहरूको दुःखकष्टप्रति यहोवा असंवेदनशील हुनुहुन्‍न। अब छिट्टै येशूले “दरिद्रहरूको पुकारा सुनेर” तिनीहरूलाई छुट्‌कारा दिनुहुनेछ। (भज. ७२:१२) त्यतिन्जेल, दरिद्रलगायत सबैलाई बाइबलले दिने आशाको सन्देश सुनाएर सान्त्वना बाँड्‌ने विशेष अवसरको सदुपयोग गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने