प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१ पृ. ३-४
  • गरिबले कतिञ्जेल पर्खनुपर्नेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गरिबले कतिञ्जेल पर्खनुपर्नेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गरिबहरूका निम्ति कस्ता मौकाहरू छन्‌?
  • चाँडै, कोही गरिब हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • दरिद्रलाई आशाको सन्देश सुनाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • गरिबी नामेट पार्ने प्रयास
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१ पृ. ३-४

गरिबले कतिञ्जेल पर्खनुपर्नेछ?

“बहुसंख्यक गरिबहरूलाई मदत गर्न नसक्ने प्रजातान्त्रिक पुँजीपति देशले अल्पसंख्यक धनीहरूलाई बचाउन सक्दैन।”—जोन एफ. केनेडी.

“म सबैको भविष्य उज्ज्वल होस्‌, कोही गरिब नहोस्‌, पार्कमा कोही सुत्न नपरोस्‌, सबै प्रमोदवनमा होऊन्‌ भन्‍ने चाहन्छु।” साऊ पाऊलु, ब्राजिलका १२ वर्षीय केटाले यसप्रकार आफ्नो विचार व्यक्‍त गरे। तर के गरिबी हटाउन सम्भव छ? गरिबले कतिञ्जेल पर्खनुपर्नेछ?

आफूलाई इच्छा लागेको वस्तु किन्‍न नसक्दा केही मानिसहरू आफूलाई गरिब ठान्छन्‌। तर साँच्चै नै गरिबीको चपेटामा पर्नेहरूको दुर्दशालाई विचार गर्नुहोस्‌। तिनीहरूले कति असह्‍य कठिनाइ अनि दुःखको सामना गरिरहेका छन्‌, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? केही मानिसहरू जल कुक्कुट र मुसा सँगसँगै फोहरको डंगुरमा खानेकुरा खोज्न संघर्ष गर्छन्‌! मानवजातिले कतिञ्जेल यस्तो गरिबी सहनुपर्नेछ त? यस सम्बन्धमा युनेस्कोको (संयुक्‍त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन) महा-निर्देशक, फेडरिको मेयरको यो बिन्ती सान्दर्भिक छ: “लाखौं मानिसहरूले भोगिरहेका गरिबी, भोकजस्ता असह्‍य कुरालाई सहने शंकास्पद प्रवृत्तिलाई आउनुहोस्‌ हामी सबैले त्यागौं।”

सारा संसारको हित गर्ने सपना के पूरा हुनेछ? गरिबहरूको के आशा छ?

गरिबहरूका निम्ति कस्ता मौकाहरू छन्‌?

असल मनसाय भएका नेताहरूले अझ धेरै रोजगार, राम्रो तलब, उन्‍नत सामाजिक कार्यक्रम र भूमि सुधारको प्रस्ताव राख्छन्‌। भूतपूर्व अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको यस विचारसँग शायद तिनीहरू सहमत होलान्‌: “बहुसंख्यक गरिबहरूलाई मदत गर्न नसक्ने प्रजातान्त्रिक पुँजीपति देशले अल्पसंख्यक धनीहरूलाई बचाउन सक्दैन।” यद्यपि, गरिबी निर्मूल गर्न असल मनसाय भएर मात्र पुग्दैन। उदाहरणको लागि, अर्थतन्त्रमा सुधार ल्याउनाले के गरिबहरूलाई मदत पुग्नेछ त? यसमा ठोकुवा गर्न मिल्दैन। भूतपूर्व भारतीय नेता जवाहरलाल नेहरूले यसो भने: “पुँजीपति समाजको शक्‍तिलाई वास्ता नगर्ने हो भने त्यसले धनीलाई झन्‌ धनी र गरिबलाई झन्‌ गरिब बनाउँछ।” तथापि, कठिनाइ र अभावका साथै निकम्मापनको भावनाले गर्दा गरिबहरूको बोझ झनै बढ्‌छ। के मानव नेताहरूले गरिबहरूलाई निस्सहाय र निराशाजनक स्थितिबाट मुक्‍त गर्नसक्छन्‌?

वास्तवमा थुप्रै आशाहीन गरिबहरूले अकासिंदो मूल्य स्फीति र बेरोजगारजस्ता ठूल-ठूला कठिनाइहरूका बावजूद गरिबी र कम आत्मसम्मानको भावनासित सामना गर्न सिकेका छन्‌। यसबाहेक, अनिकाल, घरबारविहीन र दरिद्रतालाई पूर्णतया खतम पारिनेछ। के यो सुनेर तपाईंलाई छक्क लाग्यो? त्यसोभए हामी तपाईंलाई अर्को लेख पढ्‌ने निमन्त्रणा दिन्छौं: “चाँडै, कोही गरिब हुनेछैन!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने