प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अप्रिल पृ. ८
  • शोकमा डुबेकाहरूलाई सान्त्वना दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शोकमा डुबेकाहरूलाई सान्त्वना दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • “सबै सान्त्वनाका परमेश्‍वर[बाट]” ढाडस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • प्रभावकारी ढंगमा नयाँ पुस्तिका प्रयोग गर्ने
    हाम्रो राज्य सेवकाई—१९९५
  • “रुने मानिसहरूसित रोओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 अप्रिल पृ. ८

शोकमा डुबेकाहरूलाई सान्त्वना दिनुहोस्‌

१. शोकमा डुबेकाहरूलाई किन सान्त्वना चाहिन्छ?

१ आफूले माया गर्ने व्यक्‍ति मृत्युको मुखमा पर्दा ठूलो आघात पुग्छ। अझ राज्य आशा नभएकालाई त झनै आघात पुग्छ। (१ थिस्स. ४:१३) धेरैले सोच्ने गर्छन्‌: ‘मानिस किन मर्छ? मरेपछि के हुन्छ? मैले माया गरेको व्यक्‍तिलाई के म फेरि भेट्‌न पाउँछु?’ नातेदार वा साथीभाइको मृत्युले गर्दा शोकमा डुबिरहेकाहरूलाई क्षेत्रमा भेट्‌दा उनीहरूलाई कसरी सान्त्वना दिन सक्छौं, केही सुझाव विचार गर्नुहोस्‌।—यशै. ६१:२.

२. घरधनीले ‘मलाई शोक परिरहेको छ’ भन्छन्‌ भने के उनलाई लामो साक्षी दिनुपर्छ?

२ घर-घर जाँदा: घरधनीले केही दिन अघि मात्र परिवारमा कसैको मृत्यु भएको कुरा हामीलाई बताऊलान्‌। कतै उनी शोकमा डुबिरहेका पो छन्‌ कि? के घरभरि शोकाकुल आफन्तहरू छन्‌? त्यसो भए, यस्तो बेला लामो साक्षी नदिनु नै राम्रो हुन्छ। (उप. ३:१, ७) बरु हामी सहानुभूति दर्शाउन सक्छौं र घरधनीले चाहेमा उपयुक्‍त पर्चा, पत्रिका वा पुस्तिका दिएर कौशलतासाथ बिदा माग्न सक्छौं। त्यसपछि, बाइबलबाट थप सान्त्वना दिन उपयुक्‍त समयमा फेरि भेट्‌न जान सक्छौं।

३. परिस्थितिले दिन्छ भने शोकमा डुबिरहेका घरधनीलाई हामी कस्ता बाइबल पदहरू देखाउन सक्छौं?

३ तर अन्य अवसरमा भने पहिलो भेटमै अझ केही कुराकानी गर्न उपयुक्‍त देखिन सक्छ। यो समय उनीहरूको गलत धारणा खण्डन गर्ने समय होइन। बरु, घरधनीले चाहेमा उनलाई पुनरुत्थानसम्बन्धी बाइबलमा लेखिएका प्रतिज्ञाहरू पढेर सुनाउन सक्छौं। (यूह. ५:२८, २९) अथवा मृतकहरूको अवस्थाबारे बाइबल के भन्छ, त्यसबारे बताउन सक्छौं। (उप. ९:५, १०) पुनरुत्थानसम्बन्धी बाइबलमा पाइने विवरणले पनि सान्त्वना दिन सक्छ। (यूह. ११:३९-४४) अर्को तरिकाचाहिं, अय्यूबले यहोवामा आशा राख्दै व्यक्‍त गरेका शब्दहरूबारे छलफल गर्नु हो। (अय्यू. १४:१४, १५) अनि त्यहाँबाट निस्कनुअघि ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? (अंग्रेजी), तपाईंको प्रियजनको मृत्यु हुँदा अथवा अन्य उपयुक्‍त पुस्तिका वा पर्चा छोड्‌न सकिन्छ। अथवा बाइबलले सिकाउँछ पुस्तक र के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? शीर्षकको पर्चा दिनसक्छौं। त्यसपछि बाइबलले सिकाउँछ पुस्तकको अध्याय ६ को जानकारीतर्फ ध्यान केन्द्रित गर्दै अर्को पटक आउँदा यसबारे थप कुराकानी गर्ने प्रबन्ध मिलाउन सक्छौं।

४. अन्य कस्ता अवसरमा पनि हामी सान्त्वना दिन सक्छौं?

४ अन्य अवसरमा: यदि अन्त्येष्टि भाषण राज्यभवनमा हुँदैछ भने के त्यहाँ गैर-साक्षीहरू पनि आउनेछन्‌? त्यसो हो भने उनीहरूलाई सान्त्वना मिल्ने खालका साहित्यहरू दिने प्रबन्ध मिलाउन सकिन्छ। कहिलेकाहीं त, अखबारहरूमा प्रकाशित समवेदना सन्देशले पनि शोकसन्तप्त परिवारलाई सान्त्वना दिन छोटो पत्र लेख्ने बाटो खोलेका छन्‌। यस्तै एउटा घटना विचार गर्नुहोस्‌। पत्रसँगै केही पर्चा पाएपछि एक जना विधुर र उनकी छोरी उक्‍त पत्र पठाउने साक्षीको घर गए र सोधे: “मलाई यो पत्र पठाउने व्यक्‍ति तपाईं नै हो? म बाइबलबारे अझ धेरै कुरा सिक्न चाहन्छु।” यी मानिस र उनकी छोरीले बाइबल अध्ययन सुरु गरे र मण्डलीका सभाहरू पनि धाउन थाले।

५. शोक मानिरहेकाहरूलाई सान्त्वना दिने मौकाप्रति हामी सबै नै किन सचेत हुनुपर्छ?

५ उपदेशक ७:२ भन्छ: “भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो।” मोजमस्तीमा जीवन बिताइरहेकाहरूले भन्दा शोक गरिरहेकाहरूले परमेश्‍वरको वचन सुन्‍ने सम्भावना बढी हुन्छ। त्यसैले, आफूले माया गरेको व्यक्‍तिको मृत्युमा शोक मानिरहेकाहरूलाई सान्त्वना दिने उपयुक्‍त मौकाप्रति हामी सबै नै सचेत हुनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने