प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मार्च पृ. ३
  • प्रभावकारी ढंगमा नयाँ पुस्तिका प्रयोग गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रभावकारी ढंगमा नयाँ पुस्तिका प्रयोग गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • अरूलाई सान्त्वना पाउन मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • शोकमा डुबेकाहरूलाई सान्त्वना दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००८
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 मार्च पृ. ३

प्रभावकारी ढंगमा नयाँ पुस्तिका प्रयोग गर्ने

१ हालै सम्पन्‍न जिल्ला सम्मेलनमा ह्वेन सम्वान यु लभ डाइज (तपाईंको प्रिय जनको मृत्यु हुँदा) नामक नयाँ पुस्तिका पाउन हामी रमायौं। हरेक क्षेत्रका मानिसहरूलाई यो मोहक हुनुपर्छ किनभने प्रिय जनको मृत्युमा धेरैले शोक मनाएका छन्‌। आकर्षक तस्बिर तथा चित्रहरूले गर्दा यो पुस्तिका वितरण गर्न सजिलो हुनुपर्ने हो। पृष्ठ २९ मा मृत्युबाट बिउँताइएको लाजरसको चित्ताकर्षक चित्रले ‘मृत्युको प्रहारलाई बेकाम तुल्याउने येशूको तीव्र’ इच्छा देखाउँछ। त्यसपछिको चित्रले नयाँ संसारमा आनन्ददायी पुनरुत्थानको दृश्‍य चित्रण गर्छ। शोकाकुलहरूको हृदयलाई यसले कस्तो सुरक्षा प्रदान गर्नु पर्ने हो!

२ शोकसन्तप्तलाई सान्त्वना दिन यो पुस्तिका ठूलो मदत साबित हुन सक्छ। यो वार्तालापीय छलफलको लागि तयार गरिएको हो। मुख्य बुँदाहरू प्रकाश पार्ने प्रश्‍नहरू पृष्ठको अन्तमा राख्नुको साटो प्रत्येक अंशको अन्ततिर पेटीमा राखिएका छन्‌। तपाईंको विद्यार्थीलाई सबैभन्दा लाभकारी हुने कुनै ढंगमा यी “सोचनीय प्रश्‍नहरू” चलाउन सक्नुहुन्छ।

३ मानिसहरूलाई भेटेर कुरा गर्दा पुस्तिकाका निर्दिष्ट वार्तालापीय बुँदाहरू छनौट गर्नुहोस्‌। पृष्ठ २ को विषय-सूची देखाउन र उहाँलाई चाख लाग्ने विषय छान्‍न आग्रह गर्नु तपाईंलाई उचित लाग्न सक्छ। प्रत्येकको आवश्‍यकताहरूप्रति सजग हुनुहोस्‌। उनलाई आफ्ना भावनाहरू व्यक्‍त गर्न दिनुहोस्‌ र त्यस पुस्तिकाले कसरी सान्त्वना प्रदान गर्छ भनी देखाउनुहोस्‌। हाम्रो आशाको आधार प्रदान गर्न प्रत्येक अंशमा प्रशस्त बाइबल पदहरू प्रयोग गरिएका छन्‌।

४ “साँचो आशा छ” नामक पृष्ठ ५ को उपशीर्षकले मृतकहरूका निम्ति सान्त्वनादायी बाइबल-आधारित आशा प्रकाश पार्छ। यसले पृष्ठ २६-३१ मा पाइने “मृतकहरूका निम्ति निश्‍चित आशा” छलफल गर्न चासो जगाउनु पर्ने हो। पृष्ठ २७ को पेटीले “सान्त्वना प्रदान गर्ने पदहरू” प्रस्तुत गर्छ। यहोवा निस्सन्देह “सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ भनी शोकाकुल घरधनीले छिट्टै थाहा पाउनेछ।—२ कोरि. १:३-७.

५ बीचबीचका अंशहरूमा प्रिय जनको मृत्यु हुँदा व्यक्‍त गरिएका बेग्लाबेग्लै प्रतिक्रियाहरू निपुण ढंगमा प्रस्तुत गरिएका छन्‌। दुःखको सामना कसरी गर्ने र त्यस्तो दुःखदायी समयमा अरूले कसरी मदत दिन सक्छन्‌ भनी ती वाक्यांशहरूले देखाउँछन्‌। “मृत्युको सामना गर्न केटाकेटीलाई मदत दिने” शीर्षक भएको एउटा पेटी पृष्ठ २५ मा छ। यो समस्या सामना गर्नुपर्ने आमा-बाबुलाई यो साँचो मदत हुनुपर्ने हो।

६ थप प्रति आफूसित राख्नुहोस्‌ र अनौपचारिक साक्षी दिन प्रयोग गर्नुहोस्‌। शोकसन्तप्त परिवारहरूलाई सान्त्वना दिन केही प्रतिहरू चाहन्छन्‌ कि भनी आफ्नो इलाकाका शव-गृहहरूमा तपाईं जान सक्नुहुन्छ। वा प्रिय जनको चिहानमा आउने अवसरहरूमा त्यस्ता शोकाकुल व्यक्‍तिहरूसित निपुणतापूर्वक कुरा गर्न सक्नुहुन्छ।

७ यहोवा “नम्रहरूलाई सान्त्वना दिनुहुने” परमेश्‍वर हुनुभएकोमा हामी रमाउँछौं। (२ कोरि. ७:६) यी “विलाप गर्नेहरूलाई सान्त्वना” दिने काममा भाग लिन पाउनु हामी सुअवसर ठान्छौं।—यशै. ६१:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने