प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मे पृ. १
  • “मेरो जुवा तिमी आफैले बोक”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मेरो जुवा तिमी आफैले बोक”
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो जुवा सजिलो र मेरो भारी हलका छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • येशूले स्फूर्ति दिनुभयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 मे पृ. १

“मेरो जुवा तिमी आफैले बोक”

१ संसार विभिन्‍न किसिमका दबाब र फिक्रीले जकडिएको छ। तैपनि, येशूले उहाँको जुवा बोकेर स्फूर्ति पाउन दिएको निमन्त्रणा स्वीकार्दा हामीले वास्तवमा छुटकारा पाएको महसुस गरेका छौं। (मत्ती ११:२९, ३०) चेला बनाउने जुवा स्वीकार्नुमा चुनौतीपूर्ण अनि स्फूर्तिदायी काममा भाग लिनु समावेश छ। यसमा राज्यको सुसमाचार प्रचार गर्नु र येशूको सजिलो जुवामुनि अरूलाई पनि हामीसँगै स्फूर्ति प्राप्त गर्न मदत गर्नु बिथोलित छ।—मत्ती २४:१४; २८:१९, २०.

२ प्रचारकार्यबाट पाउने स्फूर्ति: येशूले अनुयायीहरूको बोझमा आफ्नो बोझ पनि थपिदिन खोज्नुभएको होइन। बरु, तिनीहरूको गह्रौं बोझसँग आफ्नो हलुको बोझ साँट्‌न निम्तो दिनुभएको थियो। त्यसैले हामी यस संसारको फिक्री र नैराश्‍यले गाँजिएका छैनौं। नता अनिश्‍चित सम्पत्तिमा नै रुमलिएका छौं। (लूका २१:३४; १ तिमो. ६:१७) हो, व्यस्त अनि दैनिक आवश्‍यकता पूरा गर्न काम गर्नैपर्ने भए तापनि हामी परमेश्‍वरको उपासनालाई जीवनमा मुख्य स्थान दिन्छौं। (मत्ती ६:३३) उत्तम कुरा खुट्‌याएर त्यसप्रति सही दृष्टिकोण राख्न सक्यौं भने प्रचारकार्यलाई हामी सधैं स्फूर्तिदायी ठान्‍नेछौं, बोझिलो होइन।—फिलि. १:१०, NRV.

३ स्वाभाविक हो, हामी आफूलाई मन पर्ने विषयमा कुराकानी गर्न पाउँदा रमाउँछौं। (लूका ६:४५) यहोवा र उहाँले प्रतिज्ञा गर्नुभएको राज्यले दिने आशिष्‌बारे सबै ख्रीष्टियान गहिरो चासो राख्छन्‌। त्यसैले प्रचार कार्यमा “असल कुराका शुभ समाचार”-बारे बताउनु र आफ्ना चिन्ताहरू बिर्सनु साँच्चै स्फूर्तिदायी हुन्छ! (रोमी १०:१५) निश्‍चय नै, हामी कुनै पनि कुरामा जति धेरै लाग्छौं, त्यति नै बढी दक्ष हुन्छौं अनि त्यति नै बढी आनन्द पनि पाउँछौं। यसकारण, सकिन्छ भने प्रचारमा धेरै समय बिताऔं किनभने यसो गर्दा हामी थप स्फूर्ति पाउनेछौं। अनि हाम्रो प्रचारकार्यप्रति मानिसहरूले सहमति जनाउँदा पनि हामी कत्ति धेरै स्फूर्ति महसुस गर्छौं! (प्रेरि. १५:३) मानिसहरू हाम्रो सन्देशप्रति उदासीन भए तापनि वा तिनीहरूले विरोध नै गरे तापनि हाम्रो परिश्रम देखेर यहोवा खुसी हुनुहुन्छ र उहाँको आशिष्‌ले गर्दा नै राम्रो नतिजा मिल्छ भन्‍ने कुरा मनमा राख्यौं भने प्रचारकार्यबाट हामी आध्यात्मिक स्फूर्ति पाउनेछौं।—प्रेरि. ५:४१; १ कोरि. ३:९.

४ येशूको निमन्त्रणा स्वीकार्दा हामीले पनि येशूसँगै यहोवाको साक्षीको रूपमा सेवा गर्ने सुअवसर पाउँछौं। (यशै. ४३:१०; प्रका. १:५) योभन्दा स्फूर्तिदायी कुरा अरू के नै हुन सक्ला र?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने