किल्लाजस्तै बलियो विश्वास हामी भत्काउँदै छौं
१ झूटा शिक्षा र छलद्वारा शैतानले शताब्दीयौंदेखि थुप्रै मानिसको मनमस्तिष्कलाई अन्धा तुल्याएको छ। त्यसले त्रिएक, अमर आत्मा र नरक-कुण्डजस्ता शिक्षा व्यापक रूपमा फैलाएको छ। सृष्टिकर्ताको अस्तित्व र बाइबलका ग्रन्थकारप्रति नै त्यसले शंका उब्जाइदिएको छ। मानिसहरूलाई सत्य स्वीकार्नदेखि रोक्ने अन्य भयानक तगारो जातिवाद र राष्ट्रवाद हुन्। (२ कोरि. ४:४) किल्लाजस्तै यस्तो बलियो विश्वास हामी कसरी भत्काउन सक्छौं?—२ कोरि. १०:४, ५.
२ भावना समावेश हुन्छ: वर्षौंदेखि मान्दै आएको धार्मिक आस्थासित मानिसको गहिरो भावना पनि गाँसिएको हुन्छ। कसै-कसैले त सानैदेखि गलत विश्वासलाई सही मानिरहेका हुन्छन्। उनीहरूलाई मदत गर्न हामीले उनीहरूको धारणामा ठेस नपुग्ने किसिमले कुरा गर्नुपर्छ।—१ पत्रु. ३:१५.
३ उनीहरू के विश्वास गर्छन् र किन, त्यसबारे बताउन दिएर हामी उनीहरूको सम्मान गर्न सक्छौं। (याकू. १:१९) सायद, मृत्युको कारण आफूले माया गर्ने व्यक्ति गुमाएकोले उनीहरूलाई फेरि भेट्न पाइन्छ भन्ने उत्कट आशामा आत्मा अमर छ भन्ने विश्वास गरेका छन् होला। अथवा चाडपर्वहरूमा स-परिवार एकसाथ भेला हुँदा रमाइलो हुने भएकोले यस्ता चाडपर्वहरू मनाउँछन् होला। कुरा सुनिदिंदा उनीहरूको भावना राम्रोसँग बुझ्न र प्रभावकारी तरिकाले जवाफ दिन सक्नेछौं।—हितो. १६:२३.
४ येशूको अनुकरण गर्नुहोस्: मोशाको व्यवस्थाबारे राम्रो ज्ञान भएका एक मानिसले प्रश्न सोध्दा येशूले दिनुभएको जवाफबाट हामी राम्रो पाठ सिक्न सक्छौं। येशूले सीधै जवाफ दिनुभएन। किनकि उक्त व्यक्तिले आफ्नो धार्मिक आस्थाको कारण येशूले दिएको सीधा जवाफ तिरस्कार गर्न सक्थे। त्यसको सट्टा, येशूले धर्मशास्त्रलाई नै उल्लेख गर्नुभयो, विचार बताउन आग्रह गर्नुभयो र दृष्टान्त प्रयोग गरेर सही निष्कर्षमा पुग्न मदत दिनुभयो।—लूका १०:२५-३७.
५ परमेश्वरको वचनले गर्दा मानिसहरू झूटो धार्मिक आस्था त्याग्न अघि सर्छन्। (हिब्रू ४:१२) धीरजी भई सत्य कुरा बताउँदा हामीले मानिसहरूलाई झूट त्याग्न र स्वतन्त्र तुल्याउन सक्ने सत्य अँगाल्न मदत दिन सक्नेछौं।—यूह. ८:३२.