सजिलै बुझ्न सक्नेगरि सिकाउनुहोस्
१. स्पष्ट अनि प्रभावकारी तरिकामा सिकाउन चाहिने एउटा महत्त्वपूर्ण पक्ष के हो?
१ प्रभावकारी तरिकामा सिकाउनको लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा सजिलै बुझ्न सक्नेगरि सिकाउनु हो। महान् शिक्षक येशूको सिकाउने तरिका विचार गऱ्यौं भने हामी आफ्नो “शिक्षण कला”-मा निपुण हुन सक्छौं।—२ तिमो. ४:२, NW; यूह. १३:१३.
२. सजिलै बुझ्न सक्नेगरि सिकाउन के गर्नुपर्छ र यसरी सिकाउँदा मानिसमाथि कस्तो प्रभाव पर्छ?
२ सजिलै बुझ्न सक्नेगरि बोल्नुहोस्: अहिलेसम्म मानिसले बोलेका सबैभन्दा गहिरा सत्यमध्ये केही डाँडाको उपदेशमा पाइन्छ। तैपनि उक्त सत्य सजिलै बुझ्न सकिनेगरि व्यक्त गरिएको छ। (मत्ती अध्याय ५-७) भीड येशूको “शिक्षा सुनेर छक्क पऱ्यो।” उहाँलाई पक्रन पठाइएका अफिसरहरू पनि येशूको शिक्षा सुनेर अत्यन्तै प्रभावित भएर यसो भने: “यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेन।” (मत्ती ७:२८, २९, NRV; यूह. ७:४६) अरूलाई बाइबल सत्यमा पूर्ण रूपमा मनाउन ठूलठूला अनि गाह्रा शब्दहरू प्रयोग गर्नु वा लम्बेतान उदाहरणहरू दिइरहनुपर्दैन। सबैले जानेबुझेका शब्दहरू प्रयोग गरेर नै बाइबल सत्य स्पष्टै बुझाउन सकिन्छ।
३. किन कसै-कसैमा श्रोतालाई तीनथुप्रो जानकारी दिने झुकाव हुन सक्छ? अनि यस्तो बानीलाई कसरी त्याग्न सकिन्छ?
३ एक पटकमा कति सिकाउने, पहिल्यै पक्का गर्नुहोस्: एक पटकमा कति जानकारी दिने हो, त्यो पक्का गर्न येशू आफ्ना श्रोतालाई विचार गर्नुहुन्थ्यो। (यूह. १६:१२) यससम्बन्धमा हामी विचारशील र लचकदार हुनैपर्छ। त्यसमा पनि विशेषगरि नातेदार, भर्खरै चासो देखाउन थालेकाहरू वा केटाकेटीलाई सिकाउँदा त झनै विचारशील र लचकदार हुनुपर्छ। श्रोताले ध्यान दिएर सुनेको जस्तो देखिए तापनि एकै पटकमा तीनथुप्रो जानकारी दिएर उनीहरूलाई अलमल्लमा पार्नुहुँदैन। निष्कपट मानिसहरूले सत्य परमेश्वर यहोवाको ज्ञान निरन्तर लिइरहनेछन्।—यूह. १७:३; १ कोरि. ३:६.
४. विस्तृत विवरण दिनुभन्दा पनि मुख्य-मुख्य बुँदामा ध्यान दिनु किन फाइदाजनक हुन्छ?
४ मुख्य-मुख्य बुँदामा ध्यान खिच्नुहोस्: येशू श्रोतालाई लामो विवरण दिएर सिकाएको कुरै बुझ्न गाह्रो पार्नुहुन्न थियो। [“सम्झनाको,” NW] चिहानमा हुनेहरू सबै . . . निस्किआउनेछन्” भनेर बताउँदा पुनरुत्थान हुने दुई वर्गबारे विस्तृत विवरण दिने समय त्यो थिएन। (यूह. ५:२८, २९) त्यसैगरि बाइबल अध्ययन सञ्चालन गर्दा हामीले मुख्य-मुख्य बुँदामा ध्यान खिच्नुपर्छ। अध्ययन गरिरहेको प्रकाशनमै नभएका अनावश्यक जानकारी दिने खसखसीलाई नियन्त्रणमा राख्नुपर्छ।
५. सजिलै बुझ्न सक्नेगरि सिकाउँदा कस्तो आशिष् पाउन सक्छौं?
५ हामीले थाह पाउनुपर्ने जति जानकारी सजिलै बुझ्न सक्नेगरि सिकाउनुभएकोमा हामी यहोवाप्रति अत्यन्तै कृतज्ञ छौं। (मत्ती ११:२५) हामीले पनि सिकाउँदा सजिलै बुझ्न सक्नेगरि सिकाउन सकौं र सेवाको काम फलदायी हुँदा प्राप्त हुने आनन्द अनुभव गर्न सकौं।