प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अप्रिल p. १
  • शिक्षणकला तिखार्ने तीन तरिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिक्षणकला तिखार्ने तीन तरिका
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सजिलै बुझ्न सक्नेगरि सिकाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • सिकाउँदा अन्तरदृष्टि प्रकट गर्नुहोस्‌ र मनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सुहाउँदो उदाहरण
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 अप्रिल p. १

शिक्षणकला तिखार्ने तीन तरिका

१. हामीले किन आफ्नो शिक्षण कला तिखार्ने प्रयास गर्नुपर्छ?

१ हामी सबै साक्षी शिक्षक हौं। पहिलो चोटि भेट्‌दा होस्‌, चासो जगाउन पुनःभेट गर्दा होस्‌ अथवा बाइबल अध्ययन सञ्चालन गर्दा होस्‌, हामी मानिसहरूलाई जानकारी बाँडिरहेका छौं। हामीले दिने यो जानकारी चानचुने होइन, विशेष हो। हामी मानिसहरूलाई “पवित्र लेखोटहरू”-बारे स्पष्ट पारिरहेका छौं, जुन लेखोटहरूबाट हासिल हुने “बुद्धिले” उनीहरूको “उद्धार” गर्छ। (२ तिमो. ३:१५) कत्रो सुअवसर! शिक्षण कला तिखार्ने तीन वटा तरिका यहाँ दिइएका छन्‌।

२. हामी कसरी सरल तरिकामा सिकाउन सक्छौं?

२ सरल: हामीसित कुनै विषयमा राम्रो ज्ञान छ भने त्यसबारे थाह नभएको व्यक्‍तिलाई त्यो जानकारी दिंदा तिनलाई त्यो बुझ्न कत्ति गाह्रो हुन्छ भनेर हामी सजिलै बिर्सन सक्छौं। त्यसकारण बाइबल अध्ययन सञ्चालन गर्दा चाहिनेभन्दा बढी कुरा बताएर विद्यार्थीलाई अलमलमा नपार्नुहोस्‌। त्यसको साटो मुख्य बुँदामा जोड दिनुहोस्‌। धेरै बोलेर मात्र राम्रो शिक्षक हुन सकिन्छ भन्‍ने होइन। (हितो. १०:१९) साधारणतया मुख्य-मुख्य शास्त्रपद मात्रै पढ्‌नु बेस हुन्छ। शास्त्रपद पढिसकेपछि पदको जुन अंश छलफल गरिरहेको विषयसित सम्बन्धित छ, त्यसमा मात्र ध्यान खिच्नुहोस्‌। मत्ती ५-७ मा लिपिबद्ध गरिएको डाँडाको उपदेशमा येशूले गहिरो सत्य पनि सरल तरिकामा र थोरै शब्दमा सिकाउनुभयो।

३. उदाहरण तथा दृष्टान्तको महत्त्व के हो र अक्सर कस्तो उदाहरण तथा दृष्टान्तलाई राम्रो भन्‍न सकिन्छ?

३ उदाहरण तथा दृष्टान्त: उदाहरण तथा दृष्टान्तले सोच्न लगाउँछ, विभिन्‍न भावना उत्पन्‍न गराउँछ र सम्झन मदत गर्छ। राम्रो उदाहरण तथा दृष्टान्त दिन सक्ने हुन कथा हाल्न जान्‍ने हुनै पर्छ भन्‍ने नठान्‍नुहोस्‌। येशू अक्सर छोटो अनि सरल दृष्टान्त प्रयोग गर्नुहुन्थ्यो। (मत्ती ७:३-५; १८:२-४) कागजमा कोरेको सामान्य चित्र पनि निकै मदतकारी हुन सक्छ। पहिल्यै सोचविचार गर्नुभएको छ भने प्रभावकारी उदाहरण तथा दृष्टान्त प्रयोग गर्न सक्नुहुन्छ।

४. हामी कसरी प्रभावकारी तरिकामा प्रश्‍न सोध्न सक्छौं?

४ प्रश्‍न: प्रश्‍नले विद्यार्थीलाई सोच्न लगाउँछ। त्यसैकारण प्रश्‍न सोधेपछि जवाफ दिन हतार नगर्नुहोस्‌। जवाफ दिन हतार गर्नुभयो भने विद्यार्थीले कत्तिको बुझ्यो भनेर पत्ता लगाउन सक्नुहुन्‍न। विद्यार्थीले गलत जवाफ दिंदा तिनलाई सुधार्ने मात्र गर्नुको साटो थप प्रश्‍न सोधेर सही निष्कर्षमा पुग्न मदत गर्नु बेस हुन्छ। (मत्ती १७:२४-२७) हो, हामी त्रुटिरहित शिक्षक होइनौं; हामीमा पनि कमीकमजोरी छन्‌। त्यसकारण बाइबलले हामीलाई आफ्नो शिक्षाको विषयमा सधैं होसियार हुन प्रोत्साहन दिन्छ। यसो गर्दा हामी आफैलाई र हाम्रो कुरा सुन्‍नेहरूलाई चिरकालीन फाइदा पुऱ्‍याइरहेका हुनेछौं।—१ तिमो. ४:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने