बियाँलो नगरी प्रचार गर्नुहोस्!
१. पावलको कुन अर्तीलाई आज हामीले ध्यान दिनुपर्छ?
१ “वचन प्रचार गर, समय र बेसमयमा तयार रह।” (२ तिमो. ४:२) पावलको यो अर्ती हाम्रो समयमा किन असाध्यै महत्त्वपूर्ण छ? यी शब्दहरूले हाम्रो र अरूको जीवनलाई कसरी असर गर्न सक्छ?
२. सुसमाचार नसुनेकाहरूलाई हामी किन लगनशील भई खोज्छौं?
२ जीवन मुछिएको छ: संसारका लाखौं मानिसले उद्धारतर्फ डोऱ्याउने सुसमाचार अझै सुनेका छैनन्। (रोमी १०:१३-१५; १ तिमो. ४:१६) बारम्बार ढाकिएका इलाकामा असल हृदय भएका मानिसहरू भेटिंदै छन्। फरक दिन वा समयमा गयौं भने हामीले अर्कै मानिसलाई भेट्न सक्छौं। यसरी लगनशील भई खोज्दा हाम्रो अन्तस्करण स्वच्छ रहन्छ र रगतको दोषी हुनेछैनौं।—प्रेरि. २०:२६.
३. प्रचारमा जाँदा हामी कसरी आफ्नो समयको सदुपयोग गर्न सक्छौं?
३ भीषण सतावट आए तापनि प्रथम शताब्दीका ख्रीष्टियानहरूले ‘आफ्ना शिक्षाले सारा यरूशलेम भरे।’ (प्रेरि. ५:२८) के हामी पनि “विस्तृत साक्षी” दिन उत्तिनै कटिबद्ध छौं? (प्रेरि. १०:४२, NW) प्रचारमा जाँदा के हामी समयको सदुपयोग गर्छौं? पुनःभेटमा गएका भाइबहिनीलाई कुरिरहेका छौं भने के हामी आवतजावत गरिरहेकाहरूसँग कुराकानी गर्न अग्रसर हुन्छौं?
४. बियाँलो नगरी प्रचार गर्दा हामी कसरी जागा रहिरहन मदत पाउँछौं?
४ हाम्रो सचेतता बढाउँछ: यस संसारको अन्त नजिकै भएकोले हामी जागा रहँदै सचेत हुनैपर्छ। (१ थिस्स. ५:१-६) नियमित रूपमा राज्य आशाबारे अरूलाई बताउँदा हामी यस संसारको बोझले दबिनदेखि जोगिन्छौं। (लूका २१:३४-३६) फलस्वरूप, यहोवाको दिनको “उत्सुकतासाथ” बाटो हेर्दै गर्दा हामी जीवन बचाउने प्रचारकार्यमा अझ धेरै भाग लिन उत्प्रेरित हुनेछौं।—२ पत्रु. ३:११, १२.
५. जीवनप्रतिको आदरले हामीलाई कसरी क्षेत्र सेवामा उत्प्रेरित गर्छ?
५ “कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा” यहोवा गर्नुहुन्छ। बियाँलो नगरी प्रचार गर्दा हामीले जीवनप्रति उहाँको यस्तो दृष्टिकोण झल्काउँछौं। (२ पत्रु. ३:९; इज. ३३:११) यहोवाको प्रशंसा हुनेगरि हामी आफ्नो इलाकामा सकेसम्म धेरै मानिसलाई भेट्न दृढ संकल्प गरौं!—भज. १०९:३०.