यो महिनाको मुख्य विषय: “जोडतोडले वचन प्रचार गर।”—२ तिमोथी ४:२.
जोडतोडले प्रचार गर्ने मनोभाव कसरी विकास गर्ने?
हामीले अहिले प्रचार गर्नु अत्यन्तै जरुरी छ भन्ने मनोभाव विकास गर्नुपर्छ। यस्तो मनोभाव छ भने यस संसारको अन्त हुँदा हामी बच्न सक्छौं। तल दिइएका केही सुझावहरू पालन गर्नुभयो भने तपाईंले जोडतोडले प्रचार गर्न मदत पाउनुहुनेछ।
परमेश्वरको राज्यको लागि नियमित रूपमा प्रार्थना गर्नुहोस्।—मत्ती ६:१०.
हरेक दिन बाइबल अध्ययन गरेर हृदय सुरक्षित राख्नुहोस्।—हिब्रू ३:१२.
समयको सदुपयोग गर्नुहोस्।—एफि. ५:१५, १६; फिलि. १:१०.
तपाईंको आँखा “निर्मल” राख्नुहोस्। सांसारिक इच्छाहरूले तपाईंको ध्यान खलबलिन नदिनुहोस्।—मत्ती ६:२२, २५; २ तिमो. ४:१०.
बाइबलका भविष्यवाणीहरूको पूर्तिमा ध्यान दिंदै जागा रहनुहोस्।—मर्कू. १३:३५-३७.
अन्त नजिकिंदै छ भन्ने कुरा मनमा राख्यौं भने प्रचारको काममा पूरापूर भाग लिन हामी उत्प्रेरित हुनेछौं!—यूह. ४:३४, ३५.