प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जून पृ. १
  • के तपाईंको आँखा निर्मल छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको आँखा निर्मल छ?
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो आँखा निर्मल राख्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • जीवन सरल बनाउँदा परमेश्‍वरको अझ धेरै प्रशंसा गर्न सक्छौं
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • विशेष सम्मेलन दिनको पुनरावृत्ति
    हाम्रो राज्य सेवकाई—२००५
  • “आँखाको साटो आँखा” भन्‍नुको अर्थ के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जून पृ. १

के तपाईंको आँखा निर्मल छ?

१. “आँखा निर्मल” राख्नुको अर्थ के हो?

१ हाम्रो आँखाले जे देख्छ त्यसले हाम्रो कार्यहरूलाई असर गर्छ। येशूका यी शब्दहरू कत्ति उपयुक्‍त छन्‌: “यसकारण यदि तिम्रो आँखा निर्मल छन्‌ भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ”! (मत्ती ६:२२) हाम्रो आँखा आध्यात्मिक तवरमा “निर्मल” छ भने त्यो केवल एउटा उद्देश्‍यमा केन्द्रित हुन्छ—परमेश्‍वरको इच्छा गर्न। हामी राज्यलाई प्रथम स्थानमा राख्छौं र सेवाको काममा बाधा पुऱ्‍याउने अनावश्‍यक भौतिक कुराहरू वा गतिविधिहरूद्वारा हाम्रो ध्यान विकर्षण गर्दैनौं।

२. केले हाम्रो दृष्टिकोणलाई टेढो बनाउन सक्छ तर केले हामीलाई मदत गर्न सक्छ?

२ आत्म-परीक्षण गर्नुपर्ने आवश्‍यकता: विज्ञापनजगत्‌ले हामीलाई चाहिन्छ भन्‍ने कुराहरूले वा अरूसँग भएका कुराहरूले हाम्रो दृष्टिकोणलाई टेढो पार्न सक्छ। धेरै समय, पैसा वा शक्‍ति खर्च हुने कार्यमा लाग्नु वा त्यस्ता कुरा किन्‍नुअघि आफैलाई यस्तो प्रश्‍न सोधेर “खर्च . . . हिसाब” गर्नु राम्रो हुनेछ, ‘यसले मैले यहोवालाई चढाउने सेवालाई अझै राम्रो बनाउनेछ या बाधा पुऱ्‍याउनेछ?’ (लूका १४:२८; फिलि. १:९-११, NRV) सेवाको काममा अझ धेरै लाग्न आफ्नो जीवन कसरी अझ सरल बनाउन सक्छौं, समय-समयमा विचार गर्नु पनि बुद्धिमानी हुनेछ।—२ कोरि. १३:५; एफि. ५:१०.

३. जीवन सरल बनाउन छाँटकाँट गरेकी एक बहिनीबाट हामी के सिक्न सक्छौं?

३ जब एक बहिनीले नियमित अग्रगामी सेवा सुरु गरिन्‌, पार्ट-टाइम काम गरेर आफ्नो आवश्‍यकता पूरा गर्न सक्ने खर्च जुट्‌ने भए तापनि तिनले पूर्ण-समय जागिर खाइरहने छनौट गरिन्‌। अन्तमा तिनी यस्तो निष्कर्षमा पुगिन्‌: “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। मेरा आवश्‍यकता पूरा गर्न मैले आफ्ना चाहनाहरू त्याग्नुपऱ्‍यो। भौतिक कुराहरू समयमा पुराना हुन्छन्‌ र ती पाउन प्रयास गर्दा म थाक्नेछु भन्‍ने मैले बुझें।” तिनको परिस्थितिले तिनलाई जीवन सरल बनाउन छाँटकाँट गर्न र अर्कै जागिर खान सक्षम बनायो जसले गर्दा तिनी अग्रगामी सेवामा लागिरहन सकिन्‌।

४. अहिल्यै आँखा निर्मल राखिरहनु किन जरुरी छ?

४ यो ढिलासुस्ती गर्ने समय नभएकोले आँखा निर्मल राखिरहनु झनै महत्त्वपूर्ण छ। हरेक दिन बित्दै जाँदा हामी यो रीतिरिवाज अन्त हुने र परमेश्‍वरको नयाँ संसार सुरु हुने दिनको एक दिन नजिकै पुग्छौं। (१ कोरि. ७:२९, ३१) प्रचारकार्यमा ध्यान केन्द्रित गर्दा हामीले आफूलाई र हामीलाई सुन्‍नेलाई समेत उद्धार गर्न सक्नेछौं।—१ तिमो. ४:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने