प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जुलाई पृ. २
  • के म यथेष्ट गर्दैछु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के म यथेष्ट गर्दैछु?
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं यहोवाका सम्झौटोहरूलाई अत्यन्तै प्रेम गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवाको साक्षीवचन भरपर्दो छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • के यहोवाका सम्झौटाहरूले हामीलाई आध्यात्मिक रूपमा उत्प्रेरित गरिरहेको छ?
    हाम्रो राज्य सेवकाई—१९९५
  • यहोवाको साक्षीवचनले तपाईंको हृदयलाई आनन्दित बनाओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जुलाई पृ. २

के म यथेष्ट गर्दैछु?

१. विश्‍वासी ख्रीष्टियानलाई कस्ता चिन्ताहरूले सताइरहेको हुन सक्छ?

१ के तपाईंले कहिल्यै आफूलाई यो प्रश्‍न गर्नुभएको छ? ढल्कँदो उमेर, स्वास्थ्य समस्या वा थप पारिवारिक जिम्मेवारीको कारण क्षेत्र सेवामा आफूले चाहेजति भाग लिन नपाएकोमा तपाईं निरुत्साहित हुनुभएको हुन सक्छ। आफ्नो अधिकांश समय र शक्‍ति परिवारको हेरचाहमै खर्च हुने भएकोले क्षेत्र सेवामा धेरै भाग लिन पाउँदिनँ र यसले गर्दा थकथक लाग्छ भनेर तीन छोराछोरीकी आमाले लेखिन्‌। कामकुरालाई सन्तुलित तरिकामा हेर्न केले मदत गर्नेछ?

२. यहोवा हामीबाट के आशा गर्नुहुन्छ?

२ यहोवा हामीबाट के आशा गर्नुहुन्छ? निस्सन्देह, हामी सबै सेवाको काममा अझ धेरै गर्न चाहन्छौं। तर हामीले गर्न चाहने र हामीले साँच्चै गर्न सक्नेबीच ठूलो भिन्‍नता छ। अझ धेरै गर्न चाहनुले हामी जे-जति गर्दैछौं त्यसमै चित्त बुझाएर बसेका छैनौं भन्‍ने कुरा देखाउँछ। यहोवालाई हाम्रा सीमितताहरू राम्ररी थाह छ र उहाँ हामीले व्यावहारिक ढंगमा गर्न सक्ने भन्दा धेरै आशा गर्नुहुन्‍न भनेर हामीले बिर्सनुहुन्‍न। (भज. १०३:१३, १४) उहाँ हामीबाट के आशा गर्नुहुन्छ? मनतनले उहाँको सेवा गरेको अर्थात्‌ उहाँलाई सबैभन्दा उत्तम कुरा चढाएको उहाँ आशा गर्नुहुन्छ।—कल. ३:२३.

३. सेवाको काममा आफ्नो प्रयास हामी कसरी केलाउन सक्छौं?

३ आफ्नो लागि व्यावहारिक के हो, हामी कसरी निधो गर्न सक्छौं? व्यावहारिक भई आफ्नो परिस्थिति केलाउन मदत गर्नुहोस्‌ भनी यहोवालाई गुहार्न सक्छौं। (भज. २६:२) हामीलाई राम्ररी चिन्‍ने परिपक्व र भरोसायोग्य ख्रीष्टियान साथी जो हामीले कहाँनेर सुधार गर्नुपर्छ भनी औंल्याउन डराउँदैनन्‌, तिनी पनि मदत साबित हुन सक्छन्‌। (हितो. २७:९, NRV) यो कुरा पनि मनमा राख्नुहोस्‌, परिस्थिति परिवर्तन भइरहने भएकोले यसलाई निमयित रूपमा केलाउनु लाभदायी हुन्छ।—एफि. ५:१०.

४. सेवाको कामको सन्दर्भमा बाइबलआधारित सम्झौटाहरूलाई हामीले कसरी लिनुपर्छ?

४ सम्झौटाहरूलाई कसरी लिनुपर्छ? दौड प्रतियोगिताको दौडान धावकको हौसला बढाउन शुभचिन्तकहरूले अक्सर केही भनिरहेका हुन्छन्‌। यसको उद्देश्‍य धावकलाई आफ्नो लक्ष्यसम्म पुग्न मदत गर्नु हो, निरुत्साहित पार्नु होइन। त्यसैगरि, “वचन प्रचार गर,” भनी हाम्रा सभा र प्रकाशनहरूमा दिइने बाइबलआधारित प्रोत्साहन र सम्झौटाहरू हाम्रै फाइदाका लागि हुन्‌, हाम्रा प्रयासहरू पर्याप्त छैनन्‌ भनेर संकेत गर्न होइन। (२ तिमो. ४:२) हामी जबसम्म आफ्नोतर्फबाट सक्दो गर्ने प्रयास गरिरहन्छौं, तबसम्म यहोवाले हाम्रो ‘प्रेम र काम’ अनुग्रहका साथ सम्झनुहुनेछ भनेर ढुक्क हुन सक्छौं।—हिब्रू ६:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने