प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अक्टोबर पृ. १
  • ‘नडराउनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘नडराउनुहोस्‌’
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • प्रेमले डरलाई जित्न कसरी मदत गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवाले तपाईँलाई बल दिनुहुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 अक्टोबर पृ. १

‘नडराउनुहोस्‌’

१. यर्मियालाई जस्तै हामीलाई पनि व्यक्‍तिगत तवरमा के-कस्ता चुनौती आइपर्न सक्छ?

१ अगमवक्‍ताको रूपमा नियुक्‍त हुँदा यर्मियालाई आफूमा केही कमी भएको महसुस भएको थियो। तर यहोवाले तिनलाई “नडरा” भन्दै निर्धक्क बनाउनुभयो र तिनलाई आफ्नो जिम्मेवारी पूरा गर्न विचारशील हुँदै बलियो पार्नुभयो। (यर्मि. १:६-१०) अहिले हाम्रो समयमा पनि लाज वा निर्धक्कताको कमीले प्रचारकार्यमा हाम्रो सहभागितालाई असर गर्न सक्छ। मानिसहरूले कस्तो प्रतिक्रिया जनाउलान्‌ वा हामीलाई कुन नजरले हेर्लान्‌ भन्‍ने डरले कहिलेकाहीं हामीलाई साक्षी दिनदेखि रोक्न सक्छ। यस्तो डरलाई कसरी वशमा राख्न सक्छौं र यसो गर्दा व्यक्‍तिगत तवरमा के-कस्ता आशिष्‌ पाउनेछौं?

२. तयारीले प्रचारकार्यमा लाग्ने डर कम पार्न कसरी मदत गर्न सक्छ?

२ अग्रिम तयारी गर्नुहोस्‌: पर्याप्त मात्रामा तयारी गरेका छौं भने हाम्रो डर केही मात्रामा कम पार्न सकिन्छ। जस्तै:- सम्भाव्य वार्तालाप बाधकहरू भेट्‌दा के गर्ने पहिल्यै विचार गऱ्‍यौं भने उनीहरूले प्रायजसो जनाउने आपत्तिको जवाफ दिन तयार हुनेछौं। (हितो. १५:२८) त्यसैले स्कूलमा र प्रचारकार्यमा आइपर्ने विभिन्‍न चुनौतीसित डट्‌ने तरिकाहरू तयारी गर्न पारिवारिक उपासनामा अभ्यास गरे कसो होला?—१ पत्रु. ३:१५.

३. यहोवामा भरोसा गर्दा डरलाई जित्ने मदत कसरी पाउन सक्छौं?

३ यहोवामा भरोसा गर्नुहोस्‌: हाम्रा परमेश्‍वरमा भरोसा गर्दा डरलाई जित्न सक्नेछौं। यहोवाले हामीलाई मदत गर्ने ग्यारेन्टी नै दिनुभएको छ। (यशै. ४१:१०-१३) हामीलाई मदत गर्ने उहाँभन्दा उत्तम अरू को हुन सक्ला र? यसबाहेक येशूले पनि अप्रत्याशित अवस्था आइपर्दासमेत परमेश्‍वरको आत्मा अर्थात्‌ सक्रिय शक्‍तिले हामीलाई सर्वोत्कृष्ट तरिकामा साक्षी दिन सक्षम पार्नेछ भनी आश्‍वस्त पार्नुभयो। (मर्कू. १३:११) त्यसकारण यहोवाको पवित्र आत्मा पाउन उहाँलाई नियमित तवरमा बिन्ती गर्नुहोस्‌।—लूका ११:१३.

४. जस्तोसुकै चुनौती आए तापनि प्रचारकार्यमा लागिरहँदा के-कस्ता आशिष्‌ पाउन सक्छौं?

४ आशिष्‌हरू: जस्तोसुकै चुनौती आए तापनि प्रचारकार्यमा लागिरहँदा भविष्यमा आइपर्ने कठिनाइहरू सफलतासाथ पार गर्न सक्षम हुन्छौं। पवित्र आत्माले भरिएकाहरूसित हुने गुणहरू अर्थात्‌ साहस र निर्भयता विकास गर्छौं। (प्रेरि. ४:३१) यसबाहेक यहोवाको मदत पाएर व्यक्‍तिगत डरलाई जित्दा हामी आफ्नो विश्‍वासलाई र उहाँको बाहुबलमाथिको भरोसालाई अझै बलियो बनाउँछौं। (यशै. ३३:२) स्वर्गमा हुने हाम्रा पितालाई प्रसन्‍न तुल्याइरहेका छौं भन्‍ने थाह भएकोले आनन्दित र सन्तुष्ट पनि हुन्छौं। (१ पत्रु. ४:१३, १४) त्यसकारण यहोवाले मदत गर्नुहुन्छ भनेर सधैं ढुक्क हुँदै उहाँको राज्यको सन्देश साहसी भई घोषणा गर्न नडराऔं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने