प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 नोभेम्बर pp. १-२
  • बाली कटनीको लागि पहेंला भएका छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाली कटनीको लागि पहेंला भएका छन्‌
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • कटनी गरिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आनन्दित खेताला हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • प्रचारको कामले हासिल गरेको नतिजा—“बाली पाकेर पहेंला भइसकेका छन्‌”
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • प्रतीकात्मक महान्‌ कटनीकार्यमा पूरापूर भाग लिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 नोभेम्बर pp. १-२

बाली कटनीको लागि पहेंला भएका छन्‌

१. अहिले कस्तो महत्त्वपूर्ण काम भइरहेको छ?

१ सामरी आइमाईलाई साक्षी दिएपछि येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “आफ्ना आँखा गाडेर खेतबारीहरू हेर, किनभने ती अहिलेनै कटनीको लागि पहेंला भएका छन्‌।” (यूह. ४:३५, ३६) त्यसबेला आध्यात्मिक कटनीको काम भइरहेको थियो र त्यस कामको विश्‍वव्यापी विस्तार येशू पहिल्यै देख्न सक्नुहुन्थ्यो। अहिले पनि येशू स्वर्गमा आफ्नो स्थानबाट कटनीको काममा पूरापूर समावेश हुनुहुन्छ। (मत्ती २८:१९, २०) यो काम पराकाष्ठातिर लम्कँदै गर्दा यसले झनै तीव्रता लिनेछ भन्‍ने कस्तो प्रमाण छ?

२. विश्‍वव्यापी कटनीको काम तीव्र हुँदैछ भनेर कस्ता प्रगतिले देखाउँछन्‌?

२ विश्‍वव्यापी कटनी: सेवा वर्ष २००९ को दौडान विश्‍वव्यापी प्रकाशकहरूको सङ्‌ख्यामा ३.२ प्रतिशतले वृद्धि भयो। प्रचारकार्यमा प्रतिबन्ध लगाइएका मुलुकहरूमा १४ प्रतिशतले वृद्धि भयो। मासिक रूपमा रिपोर्ट गरिएका बाइबल अध्ययनहरूको सङ्‌ख्या ७६,१९,००० भन्दा धेरै थियो। यो सङ्‌ख्या प्रकाशकहरूको शिखर सङ्‌ख्याभन्दा पनि धेरै र गत वर्ष रिपोर्ट गरिएको अध्ययन सङ्‌ख्याभन्दा झन्डै ५,००,००० ले धेरै थियो। थुप्रै इलाकामा कटनीको काम तीव्र गतिमा फैलिएकोले गिलियड प्रशिक्षित मिसनरीहरूको माग झन्‌ धेरै प्राप्त भइरहेको छ। थुप्रै मुलुकमा विदेशी भाषाको क्षेत्रले प्रशस्त फल फलाइरहेको छ। कटनीको आखिरी समयको दौडान यहोवाले रफ्तारमा काम अगाडि बढाइरहनुभएको कुरा छर्लङ्‌गै देखिएको छ। (यशै. ६०:२२) आफ्नो “खेतबारी”-प्रति के तपाईंको धारणा सकारात्मक छ?

३. स्थानीय कटनीको सम्बन्धमा कोहीकोही कस्तो निष्कर्षमा पुग्न सक्छन्‌?

३ स्थानीय कटनी: कसैकसैले भन्लान्‌, “मेरो इलाका त उर्वर नै छैन।” यो कुरा साँचो हो, केही इलाका अन्य इलाकाजस्तो उर्वर वा पहिले जत्तिको फलदायी देखिदैनन्‌। त्यसैले केही साक्षी यस्तो निष्कर्षमा पुग्न सक्छन्‌, ‘त्यो इलाकाको सुन्‍ने जति सबैले सुनिहाले, अब सिलाबाला बटुल्नु मात्रै त बाँकी छ।’ वास्तवमा कुरा यस्तै हो त?

४. प्रचारकार्यप्रति हामीले कस्तो उचित मनोवृत्ति राख्नुपर्छ र किन?

४ कटनी गर्दा काम थालेदेखि नसिद्धिएसम्म अत्यन्तै खटिनुपर्छ। येशूका यी शब्दमा पाइने अविलम्बी भाव याद गर्नुहोस्‌: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) बाली कहाँ र कहिले पाक्छ, त्यो सबै कटनीको मालिक यहोवाको हातमा छ। (यूह. ६:४४; १ कोरि. ३:६-८) हाम्रो जिम्मेवारीचाहिं के हो? बाइबल जवाफ दिन्छ: “बिहान समयमानै बीउ छर्‌, र बेलुकी साँझसम्म आफ्नो काम गर्न नछोड्‌।” (उप. ११:४-६) हो, कटनीको काम पराकाष्ठामा पुग्दा हाम्रो काम हात बाँधेर बस्नु पटक्कै होइन!

५. फलदायी जस्तो नदेखिने इलाकामा समेत किन जोसका साथ प्रचार गरिरहनुपर्छ?

५ कटनी गरिरहनुहोस्‌: हाम्रो इलाकामा बारम्बार काम भइसकेको र मानिसहरू भावशून्य जस्ता देखिएको भए तापनि जोस र अविलम्बी भावसाथ प्रचार गर्नुका राम्रा कारण छन्‌। (२ तिमो. ४:२) संसारको अवस्थामा आएको नाटकीय परिवर्तनले मानिसहरूलाई आफ्नो मनोवृत्ति परिवर्तन गर्न र भविष्यबारे अझ गहिरिएर सोच्न बाध्य पार्छ। केटाकेटीहरू ठूलो भएपछि तिनीहरूलाई सुरक्षा र मनोशान्ति पाउनुपर्ने आवश्‍यकता महसुस हुन सक्छ। लगनशील भई लाग्दा अरूलाई पनि प्रभाव पर्न सक्छ। हो, विगतमा नसुनेकाहरूले भविष्यमा सुन्‍न सक्छन्‌। जानाजानी हाम्रो सन्देश इन्कार गर्नेहरूलाई समेत चेतावनी दिनै पर्छ।—इज. २:४, ५; ३:१९.

६. हाम्रो इलाका चुनौतीपूर्ण छ भने केले हामीलाई जोसिलो भइरहन मदत गर्नेछ?

६ हाम्रो इलाका चुनौतीपूर्ण छ भने केले हामीलाई जोसिलो भइरहन मदत गर्नेछ? सायद हामी घर-घरको प्रचारको अतिरिक्‍त व्यापारिक क्षेत्रमा साक्षी दिने वा टेलिफोनद्वारा साक्षी दिने जस्ता सेवाको अन्य पक्षमा भाग लिन सक्छौं। अथवा आफ्नो प्रस्तुतिमा नयाँपन ल्याउन भिन्‍नाभिन्‍नै प्रस्तुति चलाउन सक्छौं। हामी आफ्नो तालिका परिवर्तन गर्न र साँझपख वा मानिसहरू घरमा भेटिन सक्ने अन्य समयमा प्रचारकार्यमा भाग लिन पनि सक्छौं होला। थुप्रै मानिसकहाँ सुसमाचार पुऱ्‍याउन सायद हामी नयाँ भाषा सिक्ने प्रयास पनि गर्न सक्छौं। सायद नियमित अग्रगामी सेवा गरेर सेवाको काम विस्तार गर्न सक्छौं। अथवा खेतालाहरू थोरै भएको ठाउँमा बसाइँ सर्न सक्छौं। कटनीको कामप्रति सही मनोवृत्ति छ भने यस महत्त्वपूर्ण काममा हामी सकेसम्म धेरै भाग लिने प्रयास गर्नेछौं।

७. बटुल्ने काममा हामी कहिलेसम्म लागिरहनुपर्छ?

७ अनाज बटुल्न किसानहरूसित सीमित समय मात्र हुन्छ। त्यसैले काम नसिद्धिएसम्म तिनीहरू खटिरहन्छन्‌; आफ्नो गति घटाउँदैनन्‌। आध्यात्मिक कटनीमा पनि त्यस्तै खालको अविलम्बी भाव चाहिन्छ। बटुल्ने काममा हामी कहिलेसम्म लागिरहनुपर्छ? “यस युगको आखिरी समय”-भरि र “यस युगको अन्त”-सम्मै। (मत्ती २४:१४, NW; २८:२०, NW) यहोवाको सबैभन्दा प्रमुख सेवकले जस्तै हामी आफूलाई सुम्पिएको काम पूरा गर्न चाहन्छौं। (यूह. ४:३४; १७:४) त्यसैले अन्तसम्मै जोस, आनन्द र सकारात्मक मनोवृत्तिका साथ सेवाको काममा लागिरहौं। (मत्ती २४:१३) कटनीको काम सिद्धिएको छैन!

[पृष्ठ २-मा भएको ठूलो अक्षरको क्याप्सन]

कटनी गर्दा काम थालेदेखि नसिद्धिएसम्म अत्यन्तै खटिनुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने