कुराकानी थाल्ने उदाहरण
डिसेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“पृथ्वीको लागि परमेश्वरको उद्देश्य के होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस् ] हाम्रो सृष्टिकर्ताले पृथ्वीको लागि कस्तो उद्देश्य राख्नुभएको छ, त्यसबारे म तपाईंलाई एउटा शास्त्रपद देखाऊँ?” यदि घरधनी सुन्न इच्छुक छन् भने भजन ३७:११ पढेर सुनाउनुहोस्। त्यसपछि अक्टोबर-डिसेम्बर अङ्कको प्रहरीधरहरा घरधनीलाई देखाउँदै पृष्ठ १६ को पहिलो उपशीर्षकबाट छलफल गर्नुहोस्। अनि फेरि भेटेर बाँकी प्रश्नबारे छलफल गर्न पत्रिका दिनुहोस्।
प्रहरीधरहरा अक्टोबर-डिसेम्बर
“येशू ख्रीष्टबारे मानिसहरूको भिन्ना-भिन्नै विचारधारा छ। तपाईंलाई चाहिं येशू ख्रीष्ट कस्तो व्यक्ति हुनुहुन्थ्यो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस् ] थुप्रैलाई येशूले मानिसजातिको लागि आफ्नो ज्यान दिनुभयो भनेर थाह छ। तर उहाँको मृत्युले मानिसजातिलाई लाभ पनि पुऱ्याएको छ। यदि तपाईं त्यस विषयमा जान्न चाहनुहुन्छ भने म तपाईंलाई एउटा शास्त्रपद देखाऊँ? [घरधनीले चासो देखाएको जस्तो लागेमा प्रकाश २१:३, ४ पढ्नुहोस् ] यस पत्रिकाले ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्नेबारे स्पष्ट जानकारी दिएको छ।”