प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अगस्त p. १
  • आफ्नो अन्तस्करण सुरक्षित राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो अन्तस्करण सुरक्षित राख्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं सफा अन्तस्करण कसरी कायम राख्न सक्नुहुन्छ?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • २. परमेश्‍वरको नजरमा सफा अन्तस्करण
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • म आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्छु?
    युवाहरू सोध्छन्‌
  • के तपाईंको अन्तस्करणलाई राम्ररी सिकाइएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 अगस्त p. १

आफ्नो अन्तस्करण सुरक्षित राख्नुहोस्‌

१. सेवा वर्ष २०१३ को विशेष सम्मेलन दिनको मूल विषय के हो र यस कार्यक्रमको उद्देश्‍य के हो?

१ हामीले हरेक दिन हाम्रो अन्तस्करण भ्रष्ट पार्न सक्ने परिस्थितिहरूको सामना गर्नुपर्छ। त्यसैले सेप्टेम्बर १, २०१२ देखि सुरु हुने सेवा वर्ष २०१३ को हाम्रो विशेष सम्मेलन दिनको कार्यक्रमको मूल विषय यसप्रकार राखिएको छ: “आफ्नो अन्तस्करण सुरक्षित राख्नुहोस्‌!” (१ तिमो. १:१९) सृष्टिकर्ताले दिएको उल्लेखनीय उपहारलाई हामी प्रत्येकले कसरी प्रयोग गरिरहेका छौं भनी गम्भीर भई सोच्न मदत गर्न यो कार्यक्रम तयार पारिएको छ।

२. यस कार्यक्रममा कस्ता महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिइनेछ?

२ यी प्रश्‍नहरूको जवाफ पत्ता लगाउनुहोस्‌: यस कार्यक्रमले अन्तस्करणको सन्दर्भमा सातवटा महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिनेछ:-

• के-कस्ता कुराले अन्तस्करणलाई खतरामा पार्न सक्छ?

• हामी अन्तस्करणलाई कसरी प्रशिक्षण दिन सक्छौं?

• सबै मानिसहरूको रगतबाट निर्दोष हुन कसरी सम्भव छ?

• बाइबल सिद्धान्तबमोजिमको सोचाइ र कामले हामीबारे के प्रकट गर्छ?

• हामी कसरी अरूको अन्तस्करणलाई चोट पुऱ्‍याउनदेखि जोगिन सक्छौं?

• सम्झौता गर्ने दबाब आइपर्दा युवाहरू कसरी आफ्नो विश्‍वासमा दृढ रहिरहन सक्छन्‌?

• पवित्र शक्‍तिद्वारा डोरिएको अन्तस्करणअनुसार चल्नेहरूले कस्ता आशिष्‌हरू पाउँछन्‌?

३. यस कार्यक्रमबाट हामी कसरी लाभ उठाउन सक्छौं?

३ हाम्रो अन्तस्करणलाई भ्रष्ट पार्ने सैतानको दुष्प्रयासमाथि यहोवाको मदत पाएर हामी विजयी हुन सक्छौं। स्वर्गमा बस्ने हाम्रो मायालु बुबा यहोवाले हामीलाई आफ्नो वचन र सङ्‌गठनद्वारा यसो भनिरहनुभएको छ: “बाटो यही हो, यसैमा तिमीहरू हिंड।” (यशै. ३०:२१) यहोवाले यस्तो डोऱ्‍याइ प्रदान गर्ने विभिन्‍न माध्यममध्ये यो कार्यक्रम एउटा हो। त्यसैले सम्पूर्ण कार्यक्रममा उपस्थित हुन प्रबन्ध मिलाउनुहोस्‌। ध्यान दिनुहोस्‌ अनि प्रस्तुत गरिएका जानकारीहरू कसरी व्यक्‍तिगत तवरमा लागू गर्न सकिन्छ, विचार गर्नुहोस्‌। पारिवारिक रूपमा कार्यक्रमबारे कुरा गर्नुहोस्‌। हामीले पाएको निर्देशन व्यवहारमा लागू गर्दा ‘अन्तस्करण सफा राख्न’ निरन्तर बल पाइरहनेछौं अनि सैतानको संसारले दिने क्षणिक आनन्दले गर्दा यहोवासितको हाम्रो सम्बन्ध बिगार्ने प्रलोभनमा पर्नेछैनौं।—१ पत्रु. ३:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने