सिकाउन भिडियोहरू चलाउनुहोस्
यहोवाले अब्राहाम र यर्मियालाई महत्त्वपूर्ण जानकारी दिनुहुँदा यस्तो हुन्छ भनेर बताउनु मात्र भएन तर तिनीहरूलाई बुझ्न सजिलो होस् भनेर उदाहरणस्वरूप केही कुरा देखाउनु पनि भयो। (उत्प. १५:५; यर्मि. १८:१-६) बाइबल विद्यार्थीलाई बाइबल सत्य बुझ्न र त्यसको कदर गर्न मदत दिन हामी दृश्य सामग्री जस्तै भिडियोहरूको सदुपयोग गर्न सक्छौं। कुन समयमा कुन भिडियो देखाउँदा राम्रो हुन्छ भनेर तल केही उदाहरणहरू दिइएका छन्। याद गर्नुहोस् यी सुझाव मात्र हुन्, नियम होइनन्। किनभने सबै विद्यार्थी एकै प्रकारका हुँदैनन्।
बाइबलले सिकाउँछ किताब
◻ अध्याय १: अनुच्छेद १७ पछि सृष्टिका आश्चर्यजनक कुराले परमेश्वरको महिमा प्रकट गर्छ (अङ्ग्रेजी) हेर्नुहोस्।
◻ अध्याय २: अन्तमा मानव इतिहासको सबैभन्दा पुरानो तर आधुनिक किताब (अङ्ग्रेजी) हेर्नुहोस्।
◻ अध्याय ९: अनुच्छेद १४ पछि यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित (अङ्ग्रेजी) हेर्नुहोस्।
◻ अध्याय १४: अन्तमा बाइबल—यसले तपाईंको जीवनमा पार्ने प्रभाव (अङ्ग्रेजी) हेर्नुहोस्।
◻ अध्याय १५: अनुच्छेद १० पछि विश्वभरिका हाम्रा भाइबहिनी (अङ्ग्रेजी) हेर्नुहोस्।
“परमेश्वरको प्रेम” किताब
◻ अध्याय ३: अनुच्छेद १५ पछि युवा जनहरूका प्रश्न—कसरी साँचो मित्र बनाउने (अङ्ग्रेजी) हेर्नुहोस्।
◻ अध्याय ४: अन्तमा यहोवाको अख्तियारको आदर गर्नुहोस् (अङ्ग्रेजी) हेर्नुहोस्।
◻ अध्याय ७: अनुच्छेद १२ पछि रक्तविहीन उपचारको चुनौती (अङ्ग्रेजी) हेर्नुहोस्।
◻ अध्याय ९: अनुच्छेद ६ पछि हाम्रो दिनका लागि चेताउनीमूलक उदाहरण (अङ्ग्रेजी) हेर्नुहोस्।
◻ अध्याय १७: अन्तमा विश्वासले हिंड्नुहोस् दृष्टिले होइन हेर्नुहोस्।
तपाईंको बाइबल विद्यार्थीले लाभ उठाउन सक्ने अरू भिडियो पनि छन् कि? विरोधको सामना गरिरहेकाहरूले परीक्षाहरू आइपर्दा विश्वासी—सोभियत सङ्घका यहोवाका साक्षीहरू (अङ्ग्रेजी) र यहोवाका साक्षीहरू दृढ भई नाजी आक्रमणको सामना गर्छन् (अङ्ग्रेजी) भिडियो हेरेर प्रोत्साहन पाउन सक्छन्। जवानहरूले परमेश्वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस् (अङ्ग्रेजी) र युवाहरू सोध्छन्—म आफ्नो जीवनबाट के चाहन्छु? (अङ्ग्रेजी) भिडियो हेरेर लाभ उठाउन सक्छन्। बाइबलले सिकाउँछ र “परमेश्वरको प्रेम” किताबको आफ्नो प्रतिमा बाइबल विद्यार्थीसँगै बसेर कहिले भिडियो हेर्ने वा कहिले हेर्नको लागि भिडियो दिने भनेर नोट लेख्नुहोस्। नयाँ भिडियोहरू विमोचन हुँदा उक्त भिडियो आफ्नो बाइबल विद्यार्थीको मन छुनेगरि कसरी चलाउन सकिन्छ भनेर विचार गर्नुहोस्।—लूका २४:३२.