प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 फेब्रुअरी p. ८
  • शिक्षामूलक भिडियोहरू हेरौं र देखाऔं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिक्षामूलक भिडियोहरू हेरौं र देखाऔं
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने भिडियोबाट सिकाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • के मैले म्युजिक भिडिओ हेर्नु ठीक हो?
    ब्यूँझनुहोस्‌!—२००३
  • सिकाउन भिडियोहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 फेब्रुअरी p. ८

शिक्षामूलक भिडियोहरू हेरौं र देखाऔं

१. पहिला-पहिला यहोवाले कसरी दृश्‍यहरू देखाएर आफ्ना सेवकहरूलाई सिकाउनुभयो र परिणाम कस्तो भयो?

१ पहिला-पहिला यहोवाले आफ्ना सेवकहरूलाई दर्शन र सपना मार्फत महत्त्वपूर्ण जानकारीहरू दिनुहुन्थ्यो। इजकिएलले देखेको यहोवाको स्वर्गीय रथको दर्शनलाई विचार गर्नुहोस्‌। (इज. १:१-२८) पालैपालो देखापर्ने विश्‍वशक्‍तिको सपना देख्दा दानियललाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌ त। (दानि. ७:१-१५, २८) “प्रभुको दिनमा” हुने कुराहरू प्रेरित यूहन्‍नालाई ‘चिह्नको रूपमा’ [ NW] प्रकाश पारिएको दर्शन नि? (प्रका. १:१, १०) ती तीन सेवकहरूलाई यहोवाले रंगीन र जीवन्त दृश्‍यहरू देखाएर सिकाउनुभयो। त्यसले तिनीहरूको मनमा अमेट छाप कोऱ्‍यो।

२. बाइबल सच्चाइ अरूलाई सिकाउन हामीसित के छ?

२ हामी पनि अरूलाई बाइबल सच्चाइ नबिर्सनेगरि सिकाउन चाहन्छौं भने के गर्ने? सुर्ता गर्नुपर्दैन! त्यसको लागि हाम्रा भिडियोहरू छँदैछन्‌। ती भिडियोहरू विभिन्‍न विषयमा छन्‌। अनि त्यसले हामीलाई बाइबल, यहोवाका संगठन र मसीही जीवनमा लागू गर्नुपर्ने सिद्धान्तहरूप्रति विश्‍वस्त पार्छ। अरूलाई बाइबल सिकाउँदा ती भिडियोहरू देखाउन सक्ने केही तरिकाहरू तल दिइएका छन्‌।

३. बाइबल विद्यार्थीलाई हाम्रो संगठनबारे बताउन के चलाउन सक्नुहुन्छ?

३ सेवकाईमा: के बाइबल विद्यार्थीलाई हाम्रो विश्‍वव्यापी भाइचाराबारे बताइरहनुभएको छ? हाम्रो विश्‍वव्यापी भाइचारा (आवर होल असोसियसन अफ ब्रदर्स) भिडियो देखाएर यो कुरा विद्यार्थीलाई बताउनुहोस्‌। अर्को पटकको बाइबल अध्ययनमा सँगै हेर्न पनि सक्नुहुन्छ वा पहिल्यै हेरिराख्न भिडियो दिन पनि सकिन्छ। त्यसपछि, जून २००२ अंकको हाम्रो राज्य सेवकाई-मा उक्‍त भिडियोबारे दिइएका पुनरावृत्ति प्रश्‍नहरू छलफल गर्नुहोस्‌।

४. जवान साक्षीहरूले स्कूलमा कुन शैक्षिक औजार चलाउन सक्छन्‌?

४ जवान हो, आफ्ना स्कूलमा यहोवाका साक्षीहरू डटेर नाजी आक्रमणको सामना गर्छन्‌ (जेहोभाज्‌ विट्‌नेसेज स्ट्याण्ड फर्म अगेन्स्ट नाजी असल्ट) वा सोभियत संघको सतावटमा यहोवाका साक्षीहरू विश्‍वासी रहन्छन्‌ (फेथफूल अन्डर ट्रायल्स्‌—जेहोभाज्‌ विट्‌नेसेज इन द सोभियत युनियन) भिडियो देखाउन सकिन्छ कि? यसबारे एकचोटि शिक्षकसित कुरा गर्ने कि? उक्‍त भिडियोबारे जून २००१ वा फेब्रूअरी २००३ अंकको हाम्रो राज्य सेवकाई-मा दिइएका प्रश्‍नहरू कक्षामा उपयुक्‍त हुनेगरी तयार पार्नेछु भनी शिक्षकलाई बताउनुहोस्‌।

५. आमाबाबुले पारिवारिक अध्ययनमा के प्रयोग गर्न सक्छन्‌?

५ परिवार र साथीभाइसित: आमाबाबु हो, युवाहरूका प्रश्‍न—कसरी साँचो मित्र बनाउने? (यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्‌स?) भिडियो विमोचन हुँदा तपाईंका छोराछोरी कति वर्षका थिए र अहिले कत्रा भए, याद गर्नुहोस्‌ त। पारिवारिक अध्ययनमा परिवार सँगै बसेर फेरि एकचोटि यो भिडियो हेर्ने कि? जीवन्त र राम्रो छलफलको लागि अप्रिल २००२ अंकको हाम्रो राज्य सेवकाई-मा प्रश्‍नहरू दिइएका छन्‌।

६. साथीभाइको जमघटलाई कसरी उत्थानदायी बनाउन सकिन्छ?

६ तपाईंलाई मण्डलीका कोही साथीहरू घरमा बोलाउन मन लागिरहेको छ कि? छ भने, यहोवाको अख्तियार स्वीकार्नुहोस्‌ (रेस्पेक्ट जेहोभाज्‌ अथोरिटी) भिडियो सँगै हेरे कसो होला? विशेष गरी सेप्टेम्बर २००४ अंकको हाम्रो राज्य सेवकाई-मा दिइएका प्रश्‍नहरू चलाउँदै भिडियोबाट सिकेका पाठहरू छलफल गर्दा त्यस्तो जमघट झन्‌ उत्थानदायी हुन्छ।

७. हाम्रा भिडियोहरू देखाउन कस्ता मौकाहरू छोप्न सक्नुहुन्छ?

७ अरू मौकाहरू: हाम्रा २० वटा विभिन्‍न भिडियोहरू अरू कुन तरिकामा प्रयोग गर्न सकिन्छ? नियमित भेट गरिरहनुभएका व्यक्‍तिहरूलाई एक/दुइटा देखाउनुभएमा उनीहरूलाई आध्यात्मिक तवरमा उन्‍नति गर्न अझ मदत पुग्ने छ कि? ती भिडियोहरू अशक्‍त हेरचाह केन्द्र वा वृद्धाश्रमहरूमा देखाउन सकिन्छ कि? भिडियो देखाएर अर्कै धर्म मान्‍ने आफन्त, छिमेकी र सहकर्मीहरूको मन जित्न पनि सकिन्छ कि? हाम्रा भिडियोहरू आकर्षक, शिक्षामूलक र प्रभावशाली शैक्षिक औजार हुन्‌। बाइबल सिकाउन ती भिडियोहरू प्रयोग गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने