एउटा विषयमा कुरा गर्नुहोस् तर दुवै पत्रिका दिनुहोस्
प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै पत्रिकामा थुप्रै चाखलाग्दा विषय हुन्छन्। प्रत्येक घरमा अनेक विषयमा कुरा गर्नुको सट्टा एउटा मात्र विषयमा कुरा गर्नु उचित हुन्छ। वरिपरि अवलोकन गर्ने बानी छ र पत्रिकामा भएका विषयवस्तुसित परिचित छौं भने प्रहरीधरहरा वा ब्यूँझनुहोस्!-बाट घरधनीलाई चासो लाग्ने कुनै एउटा विषय छान्न सक्छौं। उदाहरणको लागि घरमा बच्चाको खेलौना देख्यौं भने पारिवारिक जीवनको विषयमा चर्चा गरिएको लेख छान्न सक्छौं। यदि लोग्ने मानिसलाई भेट्यौं भने तिनीहरूलाई चासो लाग्ने विषय जस्तै असल सरकारबारे कुरा गर्न सक्छौं। हामीले एउटा मात्र विषयमा कुरा गर्ने भए तापनि घरधनीले चासो देखाएमा दुवै पत्रिका दिनुपर्छ।