प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जुलाई पृ. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • बप्तिस्मा गर्न तयार भएका व्यक्‍तिसित गरिने अन्तिम छलफल
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवा—२०११
  • सुसमाचार प्रचार गर्ने सेवकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • अतिरिक्‍त लेख
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 जुलाई पृ. ७

प्रश्‍न पेटी

▪ बप्तिस्माको लागि योग्य हुन बप्तिस्मा अप्राप्त प्रकाशकले कुन हदसम्म सभा धाएको अनि प्रचारकार्यमा भाग लिएको हुनुपर्छ?

बप्तिस्मा गर्नु भनेको जीवनको सबैभन्दा महत्त्वपूर्ण निर्णय हो। त्यसैले बप्तिस्माको लागि योग्य हुन परमेश्‍वरले आफूबाट माग गरेको कुरा बप्तिस्मा गर्न लागेको व्यक्‍तिले राम्ररी बुझेको हुनुपर्छ। साथै तिनले परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउन इच्छुक छु भनेर देखाएको हुनै पर्छ।

ख्रीष्टियनहरूलाई एकै ठाउँमा भेला हुने आज्ञा दिइएको छ। त्यसैले बप्तिस्मा अप्राप्त प्रकाशकले सभा धाउन सक्दो प्रयास गर्नै पर्छ। (हिब्रू १०:२४, २५) तिनले सभामा टिप्पणी पनि दिएको हुनुपर्छ। पक्कै पनि तिनले ईश्‍वरतान्त्रिक सेवा स्कूलमा भाग लिएका छन्‌ होला तर यस स्कूलमा भाग लिनै पर्छ भन्‍ने छैन।

साथै ख्रीष्टियनहरूलाई सुसमाचार प्रचार गर्ने र चेला बनाउने आज्ञा दिइएको छ। त्यसैले बप्तिस्मा अप्राप्त प्रकाशकले बप्तिस्मा गर्नुअघि नियमित रूपमा प्रचारकार्यमा भाग लिनुपर्छ। (मत्ती २४:१४; २८:१९, २०) बप्तिस्मा गर्नुअघि तिनले कति महिनासम्म प्रचारकार्यमा भाग लिनुपर्छ? नियमित र जोसिलो भएर हरेक महिना प्रचारकार्यमा भाग लिने तिनको अडान देखिनुपर्छ। यसको लागि तिनलाई पर्याप्त समय दिनु उचित हो। (भज ७८:३७) तथापि बप्तिस्माको लागि योग्य हुन तिनले निकै समय प्रचारकार्यमा बिताएको हुनुपर्छ भन्‍ने छैन, केही महिना मात्र भाग लिए पनि पुग्छ। तिनले क्षेत्र सेवामा कति घण्टा बुझाउनुपर्छ? यत्ति नै बुझाउनुपर्छ भन्‍ने कुनै कडा नियम छैन। एल्डरले प्रत्येक प्रकाशकको परिस्थिति विचार गर्नुपर्छ र तिनी व्यावहारिक अनि सन्तुलित हुनुपर्छ।—लूका २१:१-४.

बप्तिस्मा गर्न लागेका व्यक्‍तिसित एल्डरले (अथवा एल्डर थोरै भएको मण्डलीका सहायक सेवक) भेट्‌दा सबै व्यक्‍ति उस्तै हुँदैनन्‌ भन्‍ने कुरा सम्झनुपर्छ अनि उक्‍त व्यक्‍ति बप्तिस्माको लागि योग्य छन्‌ कि छैनन्‌ भनी पक्का गर्न राम्ररी सोचविचार गर्नुपर्छ। एल्डरहरूले उक्‍त व्यक्‍तिमा यहोवाको साक्षी हुने तीव्र इच्छा छ कि छैन अनि यहोवाको सङ्‌गठनको भाग हुने र प्रचारकार्यमा भाग लिने सुअवसरलाई तिनले कदर गरेका छन्‌ कि छैनन्‌ विचार गर्नुपर्छ। एल्डरहरूले तिनी आध्यात्मिक रूपमा परिपक्व भइसकेका छैनन्‌ अनि अनुभवी बप्तिस्मा प्राप्त प्रचारकको जस्तो क्षमता तिनमा छैन भन्‍ने कुरा बुझ्नुपर्छ। एल्डरहरूलाई उक्‍त व्यक्‍ति बप्तिस्माको लागि योग्य छैन जस्तो लागेमा तिनीहरूले यस्तो निर्णय गर्नु पछाडिका धर्मशास्त्रीय कारणहरू मायालु तरिकामा बुझाउनुपर्छ र आध्यात्मिक रूपमा मदत दिनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने