प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अगस्त पृ. १
  • परमेश्‍वरको वचन सिकाउनका लागि उपयोगी छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचन सिकाउनका लागि उपयोगी छ
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९७
  • ईश्‍वरीय शिक्षाका फाइदाहरूको आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • आफ्नो दिमाग सुरक्षित राख्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • ‘परमेश्‍वरको इच्छा पूरा होस्‌’
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 अगस्त पृ. १

परमेश्‍वरको वचन सिकाउनका लागि उपयोगी छ

१. सेवा वर्ष २०१४ को क्षेत्रीय सम्मेलनको मुख्य विषय के हो र त्यस कार्यक्रममा कस्तो प्रश्‍नको जवाफ दिइनेछ?

१ हाम्रो महान्‌ “गुरु” यहोवा ब्रह्‍माण्डकै सबैभन्दा राम्रो शिक्षक हुनुहुन्छ। (यशै. ३०:२०, २१) त्यसोभए यहोवा हामीलाई कसरी सिकाउनुहुन्छ? उहाँले हामीलाई सबैभन्दा उत्कृष्ट किताब दिनुभएको छ। त्यो किताब हो, उहाँको प्रेरित वचन बाइबल। परमेश्‍वरको शिक्षाले हामीलाई कसरी शारीरिक, मानसिक, भावनात्मक अनि आध्यात्मिक रूपमा लाभ पुऱ्‍याउँछ? यस प्रश्‍नको जवाफ सेवा वर्ष २०१४ को क्षेत्रीय सम्मेलनको कार्यक्रममा पाउनेछौं। त्यस कार्यक्रमको मूल विषय हो, “परमेश्‍वरको वचन सिकाउनका लागि उपयोगी छ।” यो २ तिमोथी ३:१६ मा आधारित छ।

२. कस्ता प्रश्‍नहरूको जवाफले कार्यक्रमको मुख्य बुँदा प्रस्ट्‌याउनेछ?

२ यी प्रश्‍नहरूको जवाफ पत्ता लगाउनुहोस्‌: यी प्रश्‍नहरूको जवाफले कार्यक्रमको मुख्य बुँदा प्रस्ट्‌याउँछ:

• परमेश्‍वरको शिक्षाले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ? (यशै. ४८:१७, १८)

• यहोवाको पूर्ण-समय सेवा गर्न हामीले आफ्नो परिस्थिति छाँटकाँट गऱ्‍यौं भने हामी कुन कुरामा ढुक्क हुन सक्छौं? (मला. ३:१०)

• “अनौठा शिक्षाहरूको” सामना गर्नुपर्दा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? (हिब्रू १३:९)

• हामी कसरी येशूको “सिकाउने तरिका” अनुकरण गर्न सक्छौं? (मत्ती ७:२८, २९)

• मण्डलीमा सिकाउने शिक्षकहरूले आफैलाई पनि किन सिकाउनुपर्छ? (रोमी २:२१)

• परमेश्‍वरको वचन कुन-कुन कुराको लागि उपयोगी छ? (२ तिमो. ३:१६)

• यहोवाले जातिहरूलाई ‘हल्लाउनु’ हुँदा मानिसहरूमा कस्तो असर पर्नेछ? (हाग्गै २:६, ७)

• यहोवालाई हामी के गर्न सक्छौं भनेर थाह छ? (एफि. ५:१)

• यहोवाको शिक्षामा रहिरहन हामीले किन भरमग्दुर कोसिस गरिरहनुपर्छ? (लूका १३:२४)

३. ठीक समयमा तयार पारिएको यस कार्यक्रममा उपस्थित हुनु र ध्यान दिएर सुन्‍नु किन महत्त्वपूर्ण छ?

३ यस कार्यक्रमको मूल विषयमा आधारित पदका शब्दहरू लेख्नुअघि पावलले २ तिमोथी अध्याय ३ को सुरुतिर अन्तिम दिनमा असाध्यै कठिन समय आउनेछ भनेर लेखे। तिनले यस्तो लेखे: “दुष्ट र जाली मानिसहरू झन्‌-झन्‌ खराब हुँदै जानेछन्‌। तिनीहरूले अरूलाई बहकाउनुका साथै आफै पनि बहकिनेछन्‌।” (२ तिमो. ३:१३) नबहिकनको लागि हामीले परमेश्‍वरको शिक्षा सुन्‍नु र लागू गर्नु कत्ति महत्त्वपूर्ण छ! त्यसैले ठीक समयमा तयार पारिएको यस कार्यक्रममा उपस्थित हुन र ध्यान दिएर सुन्‍न कटिबद्ध होऔं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने