प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 नोभेम्बर p. १
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—होशे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—होशे
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • होशेको भविष्यवाणीले परमेश्‍वरसित हिंड्‌न मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • होशेको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • परमेश्‍वरसित हिंड्‌नुहोस्‌ र असल कुरा कटनी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • ‘यहोवाको मार्ग ठीक छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 नोभेम्बर p. १

भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—होशे

१. तपाईंको मनमा कस्तो प्रश्‍न उठेको हुन सक्छ?

१ यहोवाको भलाइ तथा कृपाबारे मनन गर्दा तपाईंले सायद आफैलाई यस्तो प्रश्‍न सोध्नुभयो होला, ‘म यहोवाको लागि कस्ता त्यागहरू गर्न तयार छु?’ (भज. १०३:२-४; ११६:१२) यहोवाको आज्ञाअनुसार चल्न होशे व्यक्‍तिगत त्यागहरू गर्न पनि तयार भए। हामी कसरी होशेको अनुकरण गर्न सक्छौं?

२. सुसमाचार प्रचार गरिरहने सन्दर्भमा होशेको राम्रो उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौं?

२ प्रतिकूल अवस्थामा पनि प्रचार गर्नुहोस्‌: होशेको सन्देश मुख्यतया इस्राएलको दस गोत्रे राज्यको लागि थियो। त्यहाँ साँचो उपासना बिलाएर जानै लागिसकेको थियो। राजा यारोबाम द्वितीयले यहोवाको नजरमा जे कुरा खराब थियो त्यही गरे र यारोबाम प्रथमले सुरु गरेको बाछो उपासनालाई बढावा दिए। (२ राजा १४:२३, २४) ईसापूर्व ७४० मा दस गोत्रे राज्य पूर्णतया नाश नभएसम्म त्यहाँका सबै राजाले त्यस राज्यलाई आध्यात्मिक अन्धकारतर्फ धकेल्दै लगे। आफू वरिपरि झूटो उपासनाको बिगबिगी भए तापनि होशेले कम्तीमा पनि ५९ वर्षसम्म भविष्यवक्‍ताको रूपमा विश्‍वासीपूर्वक सेवा गरे। के हामी पनि भावशून्यता र विरोधको बाबजुद होशे जस्तै वर्षौंसम्म प्रचार गरिरहन कटिबद्ध छौं?—२ तिमो. ४:२.

३. होशेको जीवनले यहोवाको कृपालाई कसरी चित्रण गर्छ?

३ यहोवाको कृपामा ध्यान दिनुहोस्‌: यहोवाले होशेलाई “एउटी वेश्‍या”-लाई विवाह गर्न भन्‍नुभयो। (होशे १:२) हुन त होशेकी पत्नी गोमेरले तिनीबाट एउटा छोरा जन्माइन्‌। तर पछि गोमेरले दुई जना नाजायज छोरा पनि जन्माएकी हुन सक्छिन्‌। होशेले आफ्नी पत्नीलाई क्षमा दिए। यस कुराले हठी इस्राएलीहरूले पश्‍चात्ताप गर्दा यहोवाले देखाउनुभएको महान्‌ कृपालाई चित्रण गर्छ। (होशे ३:१; रोमी ९:२२-२६) के हामी सबै किसिमका मानिसलाई यहोवाको कृपाबारे थाह दिन आफ्ना व्यक्‍तिगत इच्छाहरू पन्छाउन तयार छौं?—१ कोरि. ९:१९-२३.

४. यहोवाको लागि हामी कस्ता त्यागहरू गर्न सक्छौं?

४ यहोवाका केही सेवकहरूले सेवाको काममा सकेसम्म धेरै समय बिताउन टन्‍न पैसा आउने काम त्यागेका छन्‌। अरू कति भने राज्य गतिविधिलाई पहिलो स्थान दिन अविवाहितै रहेका छन्‌ अथवा कतिले सन्तान नजन्माउने निर्णय गरेका छन्‌। होशेको जीवनलाई विचार गर्दा हामी यस्तो सोच्न सक्छौं, ‘होशेले गरेजस्तो त म कहिल्यै गर्न सक्दिनँ।’ तर असम्भव जस्तो देखिने तरिकामा पनि यहोवाले हामीलाई होशेलाई जस्तै प्रयोग गर्न सक्नुहुन्छ। त्यसको लागि यहोवाको असीम अनुग्रहप्रति हामी कृतज्ञ हुनुपर्छ र बलको लागि पवित्र शक्‍तिमाथि भर पर्नुपर्छ।—मत्ती १९:२६; फिलि. २:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने