तिनीहरूलाई “विश्वासमा अटल” हुन मदत गर्नुहोस्
यहोवाले मानिसहरूलाई जम्मा गर्ने काममा आशिष् दिइरहनुभएको देख्न पाउनु साँच्चै कत्ति रोचक कुरा हो। हरेक वर्ष झन्डै तीन लाख मानिसहरूले बप्तिस्मा गर्छन्। (व्यव. २८:२) आफ्नो बाइबल विद्यार्थीले बप्तिस्मा गरिसकेपछि तिनको अध्ययनलाई निरन्तरता नदिई अरूलाई नै मदत गर्ने झुकाव प्रकाशकको हुन सक्छ। विद्यार्थीमा पनि अध्ययनलाई निरन्तरता नदिई प्रचारकार्यमा बढी समय बिताउने झुकाव हुन सक्छ। तर बाइबल विद्यार्थीको सत्यको जग बलियो हुनुपर्छ। तिनीहरूले ख्रीष्टमा “जरा” गाड्नुपर्छ र “विश्वासमा अटल हुँदै” जानुपर्छ। (कल. २:६, ७; २ तिमो. ३:१२) त्यसैले विद्यार्थीले बप्तिस्मा गरिसकेपछि पनि बाइबलले सिकाउँछ र “परमेश्वरको प्रेम” किताबबाट अध्ययन सिध्याउनुपर्छ।—हाम्रो राज्य सेवा, अप्रिल २०११, पृष्ठ २ हेर्नुहोस्।