प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अप्रिल p. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूलाई “विश्‍वासमा अटल” हुन मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 अप्रिल p. २

प्रश्‍न पेटी

◼ प्रगतिशील बाइबल विद्यार्थीलाई हामीले कहिलेसम्म बाइबल अध्ययन गराउनुपर्छ?

“बाइबलले वास्तवमा के सिकाउँछ?” र “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” पुस्तकबाट अध्ययन नसिद्धिउन्जेल प्रगतिशील बाइबल विद्यार्थीलाई अध्ययन गराइरहनु सबैभन्दा राम्रो हुन्छ। दुवै पुस्तकबाट अध्ययन सिध्या⁠उनुअघि नै बाइबल विद्यार्थीले बप्तिस्मा गरिसकेका छन्‌ भने पनि अध्ययन जारी राख्नुपर्छ। बाइ⁠बल विद्यार्थीले बप्तिस्मा गरिसकेपछि पनि हामी समय, पुनःभेट र अध्ययनको रिपोर्ट गरिरहन सक्छौं। उक्‍त अध्ययनमा हामीसँगै कुनै प्रकाशक जान्छन्‌ र अध्यय⁠नमा सहभागी हुन्छन्‌ भने तिनले पनि समय जोड्‌न सक्छन्‌।

हामीले नयाँ व्यक्‍तिलाई बाइबल अध्ययन गरा⁠एर सिध्याउनुअघि नै तिनले बाइबल सत्यमा बलियो जग बसालिसकेको हुनु महत्त्वपूर्ण छ। भविष्यमा सामना गर्नु⁠पर्ने परीक्षाहरू सहन तिनीहरूले ख्रीष्टमा ‘जरा गाडेको’ हुनै पर्छ र तिनीहरू “विश्‍वासमा अटल” भएको हुनै पर्छ। (कल. २:​६, ७; २ तिमो. ३:१२; १ पत्रु. ५:​८, ९) यस⁠बाहेक अरूलाई प्रभावकारी ढङ्‌गमा सिकाउन तिनीहरूसँग “सत्यको सही ज्ञान” हुनै पर्छ। (१ तिमो. २:⁠४) हाम्रा बाइबल विद्यार्थीलाई दुईवटा पुस्तकबाट अध्ययन गराएर हामीले तिनीहरूलाई ‘जीवन⁠तर्फ लैजाने बाटोमा’ हिंडि⁠रहने बलियो आधार पाउन मदत दिइरहेका हुनेछौं।​—⁠मत्ती ७:⁠१४.

कुनै व्यक्‍ति बप्तिस्माको लागि योग्य छ भनेर सदर गर्नुअघि तिनले बाइबलका आधारभूत शिक्षा राम्ररी बुझेका छन्‌ कि छैनन्‌ र त्यसअनु⁠सार जीवन बिताएका छन्‌ कि छैनन्‌ भनेर एल्डरहरूले पक्का गर्नुपर्छ। विद्यार्थीले पहिलो पुस्त⁠कबाट नै अध्ययन सिध्याइसकेका छैनन्‌ भने एल्डरहरू अझै होसियार हुनुपर्छ। यदि कोही बप्तिस्माको लागि योग्य छैनन्‌ भने भविष्यमा योग्य हुन के-कस्तो मदत दिन सकिन्छ भनेर एल्डरहरूले पक्का गर्ने⁠छन्‌।​—⁠‘गएर चेला बनाओ र बप्तिस्मा देओ,’ पृष्ठ ५७-६० ( व्यवस्थित [अङ्‌ग्रेजी] पृ. २१७-२१८) हेर्नु⁠होस्‌।

[पृष्ठ २-मा भएको ठूलो अक्षरको क्याप्सन]

नयाँ व्यक्‍तिले बाइबल सत्यमा बलियो जग बसालिसकेको हुनु महत्त्वपूर्ण छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने