विशेष निम्तो
१. सन् २०१४ को अधिवेशनको निम्तो कहिलेदेखि बाँडिनेछ?
१ तपाईंले आफ्नो परिवार वा साथीभाइलाई एउटा विशेष भोजमा बोलाउने योजना बनाउनुभयो। अनि त्यो तयार पार्न तपाईंले निकै मेहनत र खर्च गर्नुभयो। अब के तपाईं तिनीहरूलाई उत्साहित भएर निम्तो दिनुहुन्न र? त्यसैगरि सन् २०१४ को अधिवेशनको लागि आध्यात्मिक भोज तयार पार्न निकै समय र मेहनत लागेको छ। यहोवाले हामीलाई उक्त भोजको लागि अरूलाई निम्तो बाँड्ने सुअवसर दिनुभएको छ। अधिवेशन सुरु हुनुभन्दा तीन हप्ताअघिदेखि निम्तो बाँडिनेछ। उत्साहित भएर अरूलाई निम्तो बाँड्न हामीलाई केले मदत गर्नेछ?
२. अभियानमा पूरापूर भाग लिन हामीलाई केले उत्प्रेरित गर्नेछ?
२ यहोवाले हामीलाई अधिवेशनहरूद्वारा आध्यात्मिक भोजन उपलब्ध गराउनुहुन्छ। यस्तो भोजनबाट हामी कत्ति धेरै लाभ उठाउँछौं भनेर विचार गऱ्यौं भने यस अभियानमा पूरापूर भाग लिन उत्प्रेरित हुनेछौं। (यशै. ६५:१३, १४) नबिर्सनुहोस्, हरेक वर्ष हुने यस्तो अभियानले राम्रो नतिजा ल्याएको छ। यो वर्ष पनि निम्तो पाएका कोही-कोही अधिवेशनमा आउनेछन्। तर आफूले सोचेको जति नआए पनि अभियानको दौडान हामीले गरेको लगनशील प्रयासले यहोवाको प्रशंसा गर्नुको साथै उहाँको उदारता झल्काउँछ।—भज. १४५:३, ७; प्रका. २२:१७.
३. निम्तो पर्ची कसरी बाँडिनेछ?
३ निम्तो पर्ची कसरी विस्तृत रूपमा बाँड्ने भनेर एल्डरहरूको निकायले तय गर्नुपर्छ। जस्तै: घरमा मान्छे नभेटिंदा पर्ची छोड्ने कि नछोड्ने वा आफ्नो मण्डलीको इलाकाको सार्वजनिक साक्षीकार्यमा प्रयोग गर्ने कि नगर्ने। सप्ताहन्तमा निम्तो पर्ची बाँड्दा उपयुक्त छ भने पत्रिका पनि दिन सकिन्छ। अभियान महिनाको पहिलो शनिबार पर्छ भने बाइबल अध्ययनको प्रस्ताव राख्नुभन्दा निम्तो बाँड्ने कामलाई नै प्राथमिकता दिनुपर्छ। अभियानमा उत्साहित भएर लाग्न सकेकोमा अनि धेरैभन्दा धेरै मानिसलाई यहोवाले दिनुहुने आध्यात्मिक भोजको निम्तो दिन पाएकोमा अभियान सकेपछि हामी कत्ति खुसी हुनेछौं!