१९१४-२०१४ परमेश्वरको राज्यले शासन गरेको १०० वर्ष भयो!
सन् १९२२ मा भाइ जे. एफ. रदरफोर्डले यस्तो जोडदार घोषणा गरेका थिए: “हाम्रो राजाले शासन गर्न थालिसक्नुभएको छ! . . . राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्!” परमेश्वरको राज्य शासनको यो सयौं वर्षमा तिनको यस भनाइले हामीलाई अझै पनि जुरमुऱ्याउँछ। हाम्रो वेब साइटमार्फत अरूलाई परमेश्वरको राज्यबारे सिक्न मदत गर्ने काममा सक्दो भाग लिएर अगस्त महिनालाई एउटा ऐतिहासिक महिना बनाऔं!