प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जून पृ. १
  • अगस्त महिनालाई अविस्मरणीय बनाऔं!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त महिनालाई अविस्मरणीय बनाऔं!
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई धन्यवाद चढाउने थप अवसर
    हाम्रो राज्य सेवा—२०१३
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९३
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 जून पृ. १

अगस्त महिनालाई अविस्मरणीय बनाऔं!

नयाँ पर्चा संसारभरि वितरण गरिनेछ

१. परमेश्‍वरको राज्य स्थापनाको १०० वर्ष पुग्नै लागेको अवसरमा हामी कुन विशेष अभियानमा भाग लिनेछौं?

१ परमेश्‍वरको राज्य स्थापनाको १०० वर्ष पुग्नै लागेको छ। यस अवसरमा एउटा विशेष अभियानद्वारा यहोवाको महिमा गर्नु कत्ति उपयुक्‍त! हामी अगस्त महिनामा जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ? भन्‍ने नयाँ पर्चा संसारभरि वितरण गर्नेछौं। यस पर्चाले पाठकहरूलाई महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ बाइबलमा खोज्न प्रोत्साहन दिन्छ। साथै यस पर्चामा jw.org वेब साइटले जवाफ भेट्टाउन कसरी मदत गर्छ भनेर पनि बताइएको छ।

२. “ठूलो स्वरले परमप्रभुको स्तुति” गर्न हामी के गर्न सक्छौं?

२ ठूलो स्वरले स्तुति गरौं: प्रचारकार्यमा अझ धेरै भाग लिन सकून्‌ भनेर अगस्त महिनामा सहायक अग्रगामी सेवा गर्न इच्छुक प्रकाशकहरूको लागि एउटा विशेष प्रबन्ध गरिएको छ। त्यो महिना सहायक अग्रगामी सेवा गर्नेहरूले ३० घण्टा रिपोर्ट बुझाउन सक्छन्‌। अगस्तमा पाँचवटा शुक्रबार, शनिबार र आइतबार पर्ने भएकोले काम गर्ने अनि स्कूल जाने थुप्रै प्रकाशकले सहायक अग्रगामी सेवा गर्न सक्नेछन्‌। यदि तपाईंको छोराछोरी अथवा प्रगति गरिरहेको बाइबल विद्यार्थी प्रकाशक बन्‍न चाहन्छन्‌ भने एल्डरहरूको निकायको संयोजकसित कुरा गरिहाल्नुहोस्‌। यस महत्त्वपूर्ण महिनामा हामीसँगै प्रकाशकको रूपमा काम गर्न पाउँदा तिनीहरूले धेरै प्रोत्साहन पाउनेछन्‌। वर्षभरिको घण्टा पुऱ्‍याएपछि थुप्रै नियमित अग्रगामी सेवक अगस्त महिनामा आराम गर्ने गर्छन्‌। तर यस अभियानमा पूरापूर भाग लिन तिनीहरूले आफ्नो तालिकामा छाँटकाँट गर्न सक्छन्‌। अगस्त महिनामा “ठूलो स्वरले परमप्रभुको स्तुति” गर्न परिवारहरूले के-के गर्न सक्छन्‌ भनेर छलफल गर्ने समय अहिल्यै हो।—एज्रा ३:११; हितो. १५:२२.

३. यस अभियानमा हामीले के आशा गरेका छौं?

३ विगतमा हामीले यस्तै अभियानमा भाग लिएका थियौं। तर यो अभियान भने अविस्मरणीय हुनेछ भनेर हामीले आशा गरेका छौं। के हामी अगस्तमा प्रकाशक र सहायक अग्रगामी सेवकको सङ्‌ख्या अनि प्रचारकार्यमा बिताउने घण्टाको नयाँ शिखर सङ्‌ख्या कायम गर्न सक्नेछौं? सन्‌ २०१४ सेवा वर्षको अन्तिम महिनालाई सबैभन्दा व्यापक साक्षी दिइएको महिना बनाऔं। हाम्रो यस्तो कोसिसमा यहोवाले पक्कै आशिष्‌ दिनुहुन्छ।—मत्ती २४:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने