अनुसन्धानको लागि एउटा नयाँ साधन
संसारभरिका लाखौं प्रकाशकले अनुसन्धान गर्न वाच टावर प्रकाशन सूची शीर्षकको किताब चलाउने गरेका छन्। तर यस किताबको सूची निकै विस्तृत र लामो भएकोले यो किताब थोरै भाषामा मात्र उपलब्ध छ। त्यसैले यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी भन्ने किताब झन्डै १७० भाषामा तयार पारिएको छ। अनुसन्धान सहयोगी-मा सन् २००० देखि अहिलेसम्म प्रकाशित गरिएका प्रकाशनहरू उल्लेख गरिएका छन्। वाच टावर प्रकाशन सूची उपलब्ध भइसकेका भाषाहरूमा अनुसन्धान सहयोगी किताब छापिएको छैन। तर यहोवाका साक्षीहरूको पुस्तकालय र प्रहरीधरहरा अनलाइन पुस्तकालय-मा भने उपलब्ध गराइएको छ। अनुसन्धान सहयोगी-बाट हामी बाइबलआधारित प्रश्नहरूको जवाफ भेट्टाउन, व्यक्तिगत चिन्ताको विषयसित सम्बन्धित जानकारी खोज्न अनि मण्डलीका सभा तथा पारिवारिक उपासनाको लागि तयारी गर्न मदत पाउँछौं।