प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मे pp. ३-४
  • उपासनाको लागि नयाँ गीतहरू!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपासनाको लागि नयाँ गीतहरू!
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • के तपाईं सभाहरूमा यहोवाको स्तुतिगान गाउन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • यहोवाको स्तुति गाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 मे pp. ३-४

उपासनाको लागि नयाँ गीतहरू!

१ अक्टोबर ४, २०१४ मा आयोजना गरिएको वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनिया–को वार्षिक सभामा अहिलेको गीति किताबलाई संशोधन गर्ने कुरा घोषणा गरिएको थियो। यो हाम्रो लागि धेरै खुसीको कुरा हो। हाम्रो उपासनामा राज्य गीतको महत्त्वपूर्ण भूमिका छ भनेर वक्‍ताले जोड दिएको थियो।—भज. ९६:२.

२ ‘गीति किताबको संशोधन किन गर्नु पऱ्‍यो?’ यसका केही कारण छन्‌। पहिलो कुरा, धर्मशास्त्रको हाम्रो बुझाइमा छाँटकाँट भइरहेको छ। यसले गर्दा गीतका शब्दहरूमा फरक पार्छ। (हितो. ४:१८) संशोधन गर्नुपर्ने अर्को कारण हो: अहिलेको गीति किताबका शब्द र अभिव्यक्‍ति नयाँ संसार अनुवाद (अङ्‌ग्रेजी) बाइबलको पुरानो संस्करणबाट लिइएको थियो। अब नयाँ संसार अनुवाद (अङ्‌ग्रेजी) बाइबलको संशोधित संस्करणको शब्दहरूसँग ती गीतका शब्दहरू मिलाउनुपर्छ। गीतका शब्दहरू मिलाउँदा थुप्रै काम गर्नुपर्ने भएकोले केही नयाँ गीतहरू पनि थप्ने निर्णय गरिएको हो।

३ नयाँ गीतहरू गाउन हामीले नयाँ गीति किताब प्रकाशित नहोउन्जेल पर्खिनुपर्ने हो कि? होइन। अबको केही महिनाको दौडान हाम्रो वेबसाइट jw.org मा नयाँ गीतहरू विमोचन हुँदै जानेछन्‌। त्यसपछि यी गीतहरूलाई सेवा सभाको तालिकाको अन्तमा “नयाँ गीत” भनेर समावेश गरिनेछ।

४ नयाँ गीतहरू कसरी सिक्न सक्छौं: नयाँ गीतहरू सिक्न तपाईंलाई गाह्रो लाग्न सक्छ। तर ‘चुप लाग्नुको’ सट्टा भजनहारले जस्तै हामी मण्डलीमा ठूलो स्वरले गाउन चाहन्छौं। (भज. ३०:१२) नयाँ गीतहरू सिक्न यी सरल तरिका अपनाउनुहोस्‌।

  • गीतको धुन बारम्बार सुन्‍नुहोस्‌। ती धुनहरू हाम्रो वेबसाइटमा राखिनेछन्‌। तपाईं जति धेरै सुन्‍नुहुन्छ त्यति नै सम्झन सजिलो हुन्छ।

  • गीतका शब्दहरू पढ्‌नुहोस्‌ र सम्झने कोसिस गर्नुहोस्‌।

  • धुनसँगै गाउनुहोस्‌। गाउन सजिलो नभएसम्म यसो गरिरहनुहोस्‌।

  • पारिवारिक उपासनामा नयाँ गीतहरू अभ्यास गर्नुहोस्‌।

५ सेवा सभामा नयाँ गीत गाउने तालिका छ भने पहिला एक चोटि सुन्‍नको लागि मण्डलीमा धुन बजाइनेछ। दोस्रो चोटि धुन बज्दा सबैले गाउनेछन्‌।

६ सभामा मिलेर गाउँदा यहोवाको प्रशंसा हुन्छ र सबैले आनन्द उठाउने मौका पाउँछन्‌। त्यसैले सभामा गीत गाउने बेला अनावश्‍यक रूपमा बाहिर जानु हुँदैन।

७ धुनको मोल गर्ने अर्को तरिका पनि छ। सम्मेलन र अधिवेशनहरूमा धुन बजाइन्छ। हाम्रो उपासनाको लागि मीठो धुन तयार पार्न वर्षको दुई पटक विभिन्‍न देशबाट हाम्रा भाइबहिनीहरू आफ्नै खर्चमा प्याटर्सन, न्यु योर्कमा जान्छन्‌। त्यसैले चेयरम्यानले हामीलाई आ-आफ्नो सिटमा बसेर धुन सुन्‍न आग्रह गर्दा हामी सबैले त्यस निर्देशनलाई पालन गर्नुपर्छ। यसो गर्दा हामीले सिक्ने कुराहरूको लागि आफ्नो मन तयार पार्न मदत पाउनेछौं।—एज्रा ७:१०.

८ आजको सभाको अन्तमा हामी एउटा नयाँ गीत गाउनेछौं। गीतको बोल छ: “यहोवाको राज्य।” यो गीत २०१४ सालको वार्षिक सभामा पनि गाइएको थियो। परमेश्‍वरको राज्य स्थापना भएर १०० वर्ष पुगेको उपलक्ष्यमा यो गीत रचना गरिएको हो।

९ नयाँ गीतहरू यहोवाबाट आएका ‘असल थोकहरू’ हुन्‌। (मत्ती १२:३५क) त्यसैले यी गीतहरू सिक्ने र मनैबाट गाउने कोसिस गरौं। यसो गऱ्‍यौ भने हामीले परमेश्‍वरलाई उचित प्रशंसा र महिमा दिइरहेका हुनेछौं।—भज. १४७:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने