बाइबलमा पाइने अनमोल धन | भजन १०६-१०९
‘यहोवालाई धन्यवाद चढाउनुहोस्’
इस्राएलीहरूले यहोवाले गर्नुभएका कामहरू किन छिट्टै बिर्से?
तिनीहरूले यहोवा र उहाँले तिनीहरू सामु राखिदिनुभएको अद्भुत आशामा नभई तत्काल पाइने सुखसुविधा र शारीरिक चाहनाहरूतिर ध्यान केन्द्रित गरे
तपाईं कसरी धन्यवादी मनोभाव देखाइरहन सक्नुहुन्छ?
तपाईंसित धन्यवादी हुनुपर्ने के-कस्ता कारण छन्, मनन गर्नुहोस्
भविष्यको आशाबारे मनन गर्नुहोस्
यहोवाबाट पाउनुभएका आशिष्हरूको लागि तोकेरै धन्यवाद दिनुहोस्