प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर p. ३
  • बाइबलले सुयोग्य पत्नीबारे बताउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले सुयोग्य पत्नीबारे बताउँछ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • आमाको बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • ‘स्त्रीको शिर पुरुष हो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मुगा खतरामा छ र मर्दैछ
    ब्यूँझनुहोस्‌!—१९९६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर p. ३

बाइबलमा पाइने अनमोल धन | हितोपदेश २७-३१

बाइबलले सुयोग्य पत्नीबारे बताउँछ

हितोपदेश ३१ अध्यायमा राजा लमूएललाई तिनकी आमाले दिएको महत्त्वपूर्ण सुझाव पाउँछौं। त्यो सुझावले लमूएललाई सुयोग्य पत्नीमा हुनुपर्ने गुणहरू बुझ्न मदत गऱ्‍यो।

सुयोग्य पत्नी भरोसायोग्य हुन्छिन्‌

बाइबलकालीन समयकी स्त्री आफ्नो परिवारलाई खाना दिंदै

३१:१०-१२

  • तिनी पतिको अधीनमा बस्दै परिवारमा गरिने निर्णयहरूबारे उपयोगी सुझाव दिन्छिन्‌

  • तिनका पतिले तिनलाई पूरा भरोसा गर्छन्‌, हरेक कुरामा आफ्नो अनुमति लिनुपर्छ भन्‍ने सोचाइ राख्दैनन्‌

सुयोग्य पत्नी मेहनती हुन्छिन्‌

बाइबलकालीन समयकी स्त्री अन्‍न पिस्दै

३१:१३-२७

  • तिनले मितव्ययी हुन र राम्ररी घर-व्यवहार चलाउन सिकेकीले तिनको परिवारले सफा र चिटिक्क लुगा लगाउन सक्छन्‌ अनि पोषणयुक्‍त खानेकुरा खान पाउँछन्‌

  • तिनी कडा परिश्रम गर्छिन्‌ र दिनरात आफ्नो परिवारको हेरविचार गर्छिन्‌

सुयोग्य पत्नी आध्यात्मिक व्यक्‍ति हुन्छिन्‌

एक स्त्री प्रार्थना गर्दै

३१:३०

  • तिनी परमेश्‍वरको भय राख्छिन्‌ र उहाँसित घनिष्ठ सम्बन्ध बनाउँछिन्‌

के तपाईंलाई थाह थियो?

बाइबलकालीन समयमा रातो मुगा असाध्यै महँगो हुन्थ्यो। यो सुन्दर र दुर्लभ थियो। भूमध्यसागर र लाल समुद्रमा पाइने यो मुगा व्यापार-व्यवसायमा महत्त्वपूर्ण वस्तु थियो।

रातो मुगा

मुगाको महत्त्वलाई सङ्‌केत गर्दै बाइबलले यसलाई सुन, चाँदी र नीलमको वर्णन गरेजस्तै तरिकामा वर्णन गरेको छ।

बाइबलले बताएअनुसार सुयोग्य पत्नी “मुगा-मोतीभन्दा पनि ज्यादा बहुमूल्यकी” हुन्छिन्‌।–हितो ३१:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने