बाइबलमा पाइने अनमोल धन | यशैया ६-१०
मसीहले भविष्यवाणी पूरा गर्नुभयो
छापिएको संस्करण
येशू जन्मनुभन्दा सयौं वर्षअघि यशैयाले ‘यर्दनपारिको देश, जाति-जातिहरू बस्ने गालीलमा’ मसीहले प्रचार गर्नुहुनेछ भनेर भविष्यवाणी गरेका थिए। गालीलमा सुसमाचार प्रचार गर्दा र सिकाउँदा येशूले यो भविष्यवाणी पूरा गर्नुभयो।—यशै ९:१, २.
उहाँले पहिलो चमत्कार गर्नुभयो —यूह २:१-११ (काना)
उहाँले प्रेषितहरू छान्नुभयो —मर्कू ३:१३, १४ (कफर्नहुम नजिकै)
डाँडामा उपदेश दिनुभयो —मत्ती ५:१–७:२७ (कफर्नहुम नजिकै)
विधवाको एक्लो छोरालाई पुनर्जीवित पार्नुभयो —लूका ७:११-१७ (नाइन)
पुनर्जीवित हुनुभएपछि लगभग ५०० जना चेलाहरूसामु देखा पर्नुभयो—१को १५:६ (गालील)