प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 No. ३ p. १२
  • छिमेकीलाई प्रेम देखाउने तरिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छिमेकीलाई प्रेम देखाउने तरिका
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पवित्र धर्मशास्त्रले प्रेमबारे के बताउँछ?
  • छिमेकीलाई प्रेम गर्नु भनेको के हो?
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
  • प्रेम (अगापे) के होइन र के हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • प्रेम—एउटा अनमोल गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • हामी एकअर्काबीचको प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 No. ३ p. १२
येसुको उदाहरणको सामरियालीले डाँकुहरूले पिटेर अधमरो छोडेर गएको मानिसलाई मलहमपट्टि गरिदिँदै छ।

प्रेमले आफ्नो भन्दा अरूको फाइदा खोज्न जुरमुऱ्‍याउँछ

छिमेकीलाई प्रेम देखाउने तरिका

हामी पहिलो मानव आदमको सन्तान भएकोले एउटा परिवार हौँ। हुनत परिवारका सदस्यहरूले एकअर्कालाई प्रेम र आदर गरेको आशा गरिन्छ तर आजभोलि त्यस्तो प्रेम विरलै देखिन्छ। यो हाम्रो मायालु ईश्‍वरले चाहनुभएको भन्दा बिलकुलै फरक मनोभाव हो।

पवित्र धर्मशास्त्रले प्रेमबारे के बताउँछ?

“तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”—लेवी १९:१८.

“आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो।”—मत्ति ५:४४.

छिमेकीलाई प्रेम गर्नु भनेको के हो?

ईश्‍वरले प्रेमबारे आफ्नो वचनमा १ कोरिन्थी १३:४-७ मा के भन्‍नुभयो, याद गर्नुहोस्‌।

“प्रेम धीरजी र दयालु हुन्छ।”

सोच्नुहोस्‌: तपाईँले गल्ती गर्दा अरू तपाईँप्रति धीरजी र दयालु हुन्छन्‌ अनि तपाईँसित रिसाउँदैनन्‌ भने तपाईँलाई कस्तो लाग्छ?

“प्रेमले डाह गर्दैन।”

सोच्नुहोस्‌: अरूले तपाईँको ज्यादै शङ्‌का गर्छन्‌ वा डाह गर्छन्‌ भने तपाईँलाई कस्तो लाग्छ?

प्रेमले “आफ्नै फाइदा खोज्दैन।”

सोच्नुहोस्‌: अरूले तपाईँको विचारको सहर्ष कदर गर्छन्‌ र आफ्नो विचार थोपर्ने गर्दैनन्‌ भने तपाईँलाई कस्तो लाग्छ?

प्रेमले “खराबीको हिसाब राख्दैन।”

सोच्नुहोस्‌: ईश्‍वर पाप गर्ने व्यक्‍तिले पश्‍चात्ताप गर्दा क्षमा दिन सधैँ तयार हुनुहुन्छ। “उहाँ हरबखत दोष देखाइरहनुहुन्‍न।” (भजन १०३:९) हामीले कसैको चित्त दुखायौँ अनि उसले क्षमा दियो भने हामीलाई खुसी लाग्छ। त्यसैले अरूले हाम्रो चित्त दुखाउँदा पनि हामी तिनीहरूलाई क्षमा दिन सधैँ तयार हुनुपर्छ।—भजन ८६:५.

प्रेम “कुकर्ममा खुसी हुँदैन।”

सोच्नुहोस्‌: हामीलाई दुःख आइपर्दा हाम्रो अवस्था देखेर कोही खुसी हुन्छ भने हामीलाई नमजा लाग्छ। त्यसैले अरूले गाह्रो परिस्थितिको सामना गर्दा हामी खुसी हुँदैनौँ, चाहे तिनीहरूले हामीलाई दुर्व्यवहार गरेको नै किन नहोस्‌।

ईश्‍वरबाट आशिष्‌ पाउन चाहन्छौँ भने हामीले अरूलाई तिनीहरूको फरक उमेर, राष्ट्रियता वा धर्मको बाबजुद प्रेम गर्छौँ भनेर यस्तै तरिकाहरूमा देखाउन सक्छौँ। यसो गर्ने एउटा व्यावहारिक तरिका खाँचोमा परेकाहरूलाई मदत गर्नु हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने