बाइबलमा पाइने अनमोल धन | यशैया ३४-३७
हिजकियाहले आफ्नो विश्वासको इनाम पाए
यरूशलेमवासीलाई आत्मसमर्पण गराउन अश्शूरको राजा सनहेरीबले रबशाकेलाई यरूशलेममा पठाए। अश्शूरीहरूले यहूदीहरूलाई निरुत्साहित पारेर युद्ध नलडीकनै सहर कब्जा गर्न विभिन्न तर्क गरे।
१ निस्सहाय। मिश्रबाट केही सहायता पाउनेछैन।—यशै ३६:६
२ शङ्का। यहोवा तिमीसँग खुसी हुनुहुन्न, त्यसैले तिम्रो पक्षमा लड्नुहुनेछैन।—यशै ३६:७, १०.
३ धम्की। तिमीले शक्तिशाली अश्शूरी सेना विरुद्ध केही गर्न सक्नेछैनौ।—यशै ३६:८, ९
४ लोभ। आत्मसमर्पण गरेमा अझ स्तरीय जीवन बिताउन सक्नेछौ।—यशै ३६:१६, १७
हिजकियाहले यहोवामा दृढ विश्वास देखाए
सहरलाई शत्रुहरूको हातबाट जोगाउन तिनले आफ्नो तर्फबाट सक्दो तयारी गरे
तिनले उद्धारको निम्ति यहोवालाई प्रार्थना गरे र अरूलाई पनि यहोवामाथिको विश्वास बलियो बनाउन मदत गरे
यहोवाले एउटा स्वर्गदूत पठाउनुभएर एकै रातमा १ लाख ८५ हजार अश्शूरी सेनालाई नाश गर्नुभयो। यसरी हिजकियाहले आफ्नो विश्वासको इनाम पाए।