बाइबलमा पाइने अनमोल धन | यर्मिया २५-२८
यर्मियाजस्तै साहसी हुनुहोस्
यरूशलेमको विनाश शीलोको जस्तै हुनेछ भनेर यर्मियाले चेतावनी दिए
यहोवाको उपस्थितिलाई सङ्केत गर्ने सन्दुक कुनै समय शीलोमा राखिएको थियो
यहोवाले पलिश्तीहरूलाई सन्दुक कब्जामा लिने अनुमति दिनुभयो र त्यसपछि त्यो सन्दुक कहिल्यै शीलोमा फर्काइएन
पुजारीहरू, भविष्यवक्ताहरू र सबै मानिसले यर्मियालाई मार्ने धम्की दिएका थिए
यर्मियाले यरूशलेम र मन्दिरको विनाश हुनेछ भनेर भविष्यवाणी गरेकोले मानिसहरूले तिनलाई पक्रे
तैपनि यर्मियाले भविष्यवाणी गर्ने काम रोकेनन् अनि डराएर भागेनन्
यहोवाले यर्मियालाई जोगाउनुभयो
यर्मिया साहसी भइरहे अनि यहोवाले तिनलाई त्याग्नु भएन
परमेश्वरले यर्मियालाई जोगाउन साहसी अहीकामलाई चलाउनुभयो
यहोवाबाट मदत र प्रोत्साहन पाएकोले ४० वर्षसम्म यर्मियाले मानिसहरूलाई मन नपर्ने सन्देश सुनाइरहन सके