ख्रीष्टियन जीवन
हाम्रो उपासना स्थलको हेरचाह गर्ने
हाम्रो राज्यभवन कुनै साधारण भवनमात्र होइन। यो यहोवालाई समर्पण गरिएको उपासना स्थल हो। त्यसोभए राज्यभवनको हेरचाह गर्ने काममा हामी प्रत्येकले कसरी योगदान पुऱ्याउन सक्छौं? हाम्रो उपासना स्थलको हेरचाह गर्ने भन्ने भिडियो देखाएपछि निम्न प्रश्नहरू छलफल गर्नुहोस्।
१. राज्यभवनको उद्देश्य के हो?
२. राज्यभवनलाई हामीले किन सफा र चिटिक्क राख्नुपर्छ?
३. राज्यभवनको मर्मतसम्भार गर्ने जिम्मेवारी कसको हो?
४. सुरक्षा कतिको महत्त्वपूर्ण छ र यो भिडियोमा सुरक्षाका लागि अपनाउनुपर्ने कस्ता कुराहरू देखाइएको थियो?
५. हामी अनुदान दिएर कसरी यहोवाप्रति आदर देखाउन सक्छौं?