ख्रीष्टियन जीवन
यहोवाले तपाईंको प्रेम बिर्सनुहुन्न
यहोवाले तपाईंको प्रेम बिर्सनुहुन्न भन्ने भिडियो देखाएपछि निम्न प्रश्नहरू छलफल गर्नुहोस्:
उमेर ढल्किंदै गएपछि कस्ता चुनौतीहरू देखा पर्न थाल्छन्?
वृद्ध हुँदै जाँदा कस्ता असल गुणहरू विकास हुन्छन्?
वृद्धावस्थामा हुनुहुन्छ भने लेवी १९:३२ अनि हितोपदेश १६:३१ बाट तपाईंले कस्तो प्रोत्साहन पाउन सक्नुहुन्छ?
ढल्कँदो उमेरको कारण प्रचारमा धेरै समय बिताउन नसकेका आफ्ना सेवकहरूलाई यहोवा कस्तो ठान्नुहुन्छ?
वृद्धावस्थामा भए तापनि हामीले के गरेको यहोवा चाहनुहुन्छ?
पाका व्यक्तिहरूले जवानहरूलाई कसरी प्रोत्साहन दिन सक्छन्?
मण्डलीको वृद्ध व्यक्तिबाट तपाईंले हालसालै कस्तो प्रोत्साहन पाउनुभयो?