ख्रीष्टियन जीवन
ईश्वरीय गुणहरू विकास गर्नुहोस्—नम्रता
किन महत्त्वपूर्ण छ:
नम्रताले यहोवासित घनिष्ठ बनाउँछ।—भज १३८:६
नम्रताले अरूसितको सम्बन्ध राम्रो बनाउँछ।—फिलि २:३, ४
अहङ्कारले विनाश निम्त्याउँछ।—हितो १६:१८; इज २८:१७
नम्रता कसरी विकास गर्न सक्छौं:
सल्लाह पाउँदा लागू गरेर।—भज १४१:५; हितो १९:२०
अरूको नजरमा तुच्छ जस्तो देखिने सानो काम पनि खुसीसाथ गरेर।—मत्ती २०:२५-२७
क्षमता वा सुअवसरहरूको कारण घमन्डी नभएर।—रोमी १२:३
म अझ धेरै नम्रता कसरी देखाउन सक्छु?
अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्—घमन्ड भिडियो हेरेर निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
सल्लाह पाउँदा देखाउने मनोवृत्तिले हामीबारे के प्रकट गर्छ?
प्रार्थनाले नम्रता विकास गर्न कसरी मदत गर्छ?
के-कस्ता तरिकामा नम्रता देखाउन सकिन्छ?