प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 फेब्रुअरी p. ४
  • “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • सबै प्रकारका मानिसहरूलाई आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • हाम्रा वृद्ध आमाबाबुको मान गर्ने
    पारिवारिक आनन्दको रहस्य
  • यहोवाको आदर गर्नु—किन र कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मैले किन ‘बाबु र आमाको मान’ गर्नुपर्छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 फेब्रुअरी p. ४

ख्रीष्टियन जीवन

“तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू”

पृथ्वीमा छँदा येशूले यो आज्ञालाई निकै जोड दिनुभएको थियो: “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।” (प्रस्थ. २०:१२; मत्ती १५:४) येशूले निसङ्‌कोच त्यसो भन्‍न सक्नुहुन्थ्यो किनकि सानो छँदा उहाँ पनि आफ्ना बुबाआमाको “अधीनमा बस्नुभयो।” (लूका २:५१) वयस्क भइसकेपछि पनि उहाँले आफ्नो मृत्युपछि आफ्नी आमाको हेरविचार गर्ने प्रबन्ध मिलाउनुभयो।—यूह. १९:२६, २७.

अहिले हाम्रो समयमा पनि ख्रीष्टियन केटाकेटीले आफ्नो आमाबुबाको आज्ञा पालन गरेर र उहाँहरूसित आदरपूर्वक बोलेर उहाँहरूलाई आदर गरेको देखाउन सक्छन्‌। वास्तवमा भन्‍ने हो भने हामीले सधैं आमाबुबाको आदर गर्नुपर्छ। आमाबुबा वृद्ध भइसकेपछि पनि उहाँहरूको बुद्धिमानी कुराहरू सुनेर हामीले उहाँहरूलाई आदर देखाउनुपर्छ। (हितो. २३:२२) वृद्ध आमाबुबाको भावनात्मक र आर्थिक आवश्‍यकता पूरा गरेर पनि हामी उहाँहरूलाई आदर देखाउन सक्छौं। (१ति ५:८) चाहे हामी साना केटाकेटी हौं वा वृद्ध, आफ्नो आमाबुबालाई आदर देखाउने एउटा महत्त्वपूर्ण तरिका उहाँहरूसित राम्ररी कुराकानी गर्नु हो।

आमाबुबासित कसरी कुरा गर्ने? ह्वाइटबोर्ड एनिमेसन भिडियो हेर्नुहोस्‌ र यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • आमाबुबासित कुरा गर्न किन गाह्रो लाग्न सक्छ?

  • आमाबुबासित कुरा गर्दा उहाँहरूलाई आदर गरेको कसरी देखाउन सक्छौं?

    एक जना केटो आफ्नो आमाबुबालाई चिठ्ठी लेख्दै, आमाबुबासित कुरा गर्दै र आफ्नो बुबासित फुटबल खेल्दै
  • आमाबुबासित कुरा गर्न तपाईंले गर्नुभएको प्रयास किन खेर जाँदैन? (हितो. १५:२२)

    भविष्यमा आउने चुनौतीहरूको सामना गर्न आफ्नो छोरालाई मदत गर्दै गरेका आमाबुबा

    आमाबुबासित कुरा गर्दा जीवनमा आउने चुनौतीहरूको सामना गर्न सक्नुहुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने