ख्रीष्टियन जीवन
सामाजिक सञ्जाल—यसका खतराहरूदेखि जोगिनुहोस्
किन महत्त्वपूर्ण: हामीले चलाउने अरू थुप्रै कुराजस्तै सामाजिक सञ्जाल पनि फाइदाजनक वा हानिकारक हुन सक्छ। कोही-कोही ख्रीष्टियनहरू सामाजिक सञ्जाल प्रयोग नै नगर्ने निर्णय गर्छन्। अरू कतिपय ख्रीष्टियनहरू भने आफ्नो परिवार वा साथीभाइसित सम्पर्कमा रहन यी सामाजिक सञ्जालहरू प्रयोग गर्छन्। तर सैतान भने सामाजिक सञ्जाल चलाउँदा हामी होसियार नभएको र यसले गर्दा हाम्रो बदनाम भएको अनि यहोवासितको सम्बन्ध पनि बिग्रिएको चाहन्छ। तर येशूले जस्तै हामीले बाइबलका सिद्धान्तहरू लागू गऱ्यौँ भने यसका खतराहरूलाई चिन्न र त्यसबाट जोगिन सक्छौँ।—लूका ४:४, ८, १२.
जोगिनुपर्ने खतराहरू:
सामाजिक सञ्जालको अचाक्ली प्रयोग गर्ने। सामाजिक सञ्जालमा घण्टौँ बिताउँदा हामीसित आध्यात्मिक कुराहरूको लागि समय नै नहुन सक्छ।
बाइबल सिद्धान्तहरू: एफि ५:१५, १६; फिलि १:१०
आपत्तिजनक साम्रगी हेर्ने। मनमा अनुचित इच्छा जगाउने फोटोहरू हेऱ्यौँ भने यसले अश्लील सामग्री हेर्ने लततर्फ वा अवैध यौनसम्बन्धतर्फ डोऱ्याउन सक्छ। साथै धर्मत्यागीहरूले लेखेका लेखहरू वा इन्टरनेट साइटहरू हेऱ्यौँ भने त्यसले हाम्रो विश्वास तहसनहस पार्न सक्छ।
बाइबल सिद्धान्तहरू: मत्ती ५:२८; फिलि ४:८
अनुचित फोटो वा कमेन्टहरू पोस्ट गर्ने। हाम्रो हृदय छली भएकोले सामाजिक सञ्जालमा अनुचित फोटो वा कमेन्ट पोस्ट गरिदिने विचार मनमा आउन सक्छ। तर त्यसो गर्दा त्यसले हाम्रो अनि अरूको छवि बिगार्न सक्छ। अथवा हामीले पोस्ट गरेको कमेन्ट वा फोटोले गर्दा अर्को व्यक्ति ठेस खाएर आध्यात्मिक रूपमा कमजोर हुन सक्छ।
बाइबल सिद्धान्तहरू: रोमी १४:१३; एफि ४:२९
सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस् भन्ने भिडियो हेर्नुहोस् अनि निम्न अवस्थाहरूबाट जोगिन के गर्नुपर्छ, छलफल गर्नुहोस्: