प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च p. ९
  • तपाईँका अनलाइन साथीहरू को-को हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँका अनलाइन साथीहरू को-को हुन्‌?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • सामाजिक सञ्जाल—यसका खतराहरूदेखि जोगिनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • हाम्रो आधिकारिक वेब साइट—व्यक्‍तिगत र पारिवारिक अध्ययन गर्न प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • असल साथी कसरी बनाउने?
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च p. ९

ख्रिष्टियन जीवन

तपाईँका अनलाइन साथीहरू को-को हुन्‌?

साथी भनेको “प्रेम र श्रद्धाले आफूसित बाँधिएको व्यक्‍ति” हो। उदाहरणको लागि, दाउदले गोल्यतलाई मारेपछि तिनी र जोनाथनबीच गहिरो मित्रता गाँसियो। (१स १८:१) तिनीहरू दुवैले एकअर्कालाई मन पर्ने गुणहरू देखाए। त्यसैले गहिरो मित्रता गाँस्न साथीलाई राम्ररी चिन्‍नुपर्छ। कुनै व्यक्‍तिलाई चिन्‍न समय र प्रयास चाहिन्छ। तर सामाजिक सञ्जालमा “साथीहरू” बनाउन खासै गाह्रो छैन, एक क्लिकको भरमै साथीहरू बनाउन सकिन्छ। सामाजिक सञ्जालमा मानिसहरूले सजिलै आफ्नो वास्तविकता लुकाएर असल व्यक्‍ति भएको ढोङ गर्न सक्छन्‌। त्यसैले कस्तो व्यक्‍तिलाई साथी बनाउने भनेर पहिल्यै विचार पुऱ्‍याउनु राम्रो हो। राम्ररी नचिनेका व्यक्‍तिहरूले तपाईँलाई अनलाइन साथी बनाउन खोज्दा तिनीहरूको चित्त दुख्ला कि भनेर त्यस्ता अनुरोधहरू इन्कार गर्न नहिचकिचाउनुहोस्‌। कसै-कसैले सम्भाव्य खतराहरू विचार गरेकोले सामाजिक सञ्जाल चलाउँदै नचलाउने निर्णय गरेका छन्‌। तर यदि तपाईँ सामाजिक सञ्जाल चलाउन चाहनुहुन्छ भने कुन कुरामा विचार पुऱ्‍याउनुपर्छ?

सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌” भिडियोको एउटा दृश्‍य। टिभीमा आफ्नो फोटोहरू देखेर एउटी केटी स्तब्ध हुन्छिन्‌।

    कमेन्ट र फोटो पोस्ट गर्नुअघि कुन कुरा विचार गर्नुपर्छ?

  • “सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌” भिडियोको एउटा दृश्‍य। दुई जना बदमास केटाले एक जना केटालाई सामाजिक सञ्जालमा एउटा पोस्ट देखाउँदै छन्‌ र उक्‍त केटाले आफ्नो आँखा छोप्छन्‌।

    अनलाइनमा कसैलाई साथी बनाउनुअघि किन विचार पुऱ्‍याउनुपर्छ?

  • “सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌” भिडियोको एउटा दृश्‍य। रातभरि ल्यापटप चलाएपछि एक केटा ल्यापटपमाथि निदाउँछन्‌।

    कतिबेर सामाजिक सञ्जाल चलाउने भनेर किन समय तोक्नुपर्छ?—एफि ५:१५, १६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने