ख्रीष्टियन जीवन
तटस्थता कायम राख्नु किन महत्त्वपूर्ण छ? (मीका ४:२)
असल सामरीको दृष्टान्तले हामीलाई यहोवा पक्षपाती हुनुहुन्न र उहाँ हामीले “सबैको भलाइ” गरेको चाहनुहुन्छ भनेर सम्झाउँछ, जसमा फरक सामाजिक ओहदा, वर्ण, जात, राष्ट्र वा धर्मका व्यक्तिहरू पनि समावेश छन्।—गला ६:१०; प्रे १०:३४.
तटस्थता कायम राख्नु किन महत्त्वपूर्ण छ? (मीका ४:२) भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
मीका ४:२ मा बताइएको कुरा आज परमेश्वरका जनहरूमाझ पूरा हुँदै छ भनेर हामी किन भन्न सक्छौँ?
तटस्थता भनेको के हो र यो किन महत्त्वपूर्ण छ?
राजनैतिक प्रणालीले हाम्रो सोचाइ र व्यवहारलाई असर गर्न खोज्छ भन्ने कुरालाई प्रकाश १३:१६, १७ ले कसरी सङ्केत गर्छ?
हाम्रो तटस्थता तोड्न सक्ने तीन वटा कुरा के-के हुन्?