प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अगस्त पृ. ३
  • लूतकी पत्नीलाई सम्झनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लूतकी पत्नीलाई सम्झनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • लुतकी पत्नीलाई सम्झ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • लूतकी पत्नीले पछाडि फर्केर हेरी
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • नयाँ संसारमा प्रवेश पाउने छुटकाराको निम्ति तयारी गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • पहिला गरिब, पछि धनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अगस्त पृ. ३
लूतकी पत्नीले फर्केर सदोमतिर हेर्छिन्‌ अनि नुनको खम्बा हुन्छिन्‌

ख्रीष्टियन जीवन

लूतकी पत्नीलाई सम्झनुहोस्‌

सदोमबाट भाग्दै गर्दा लूतकी पत्नीले किन पछाडि फर्केर हेरिन्‌? बाइबलले यसबारे केही बताएको छैन। (उत्प १९:१७, २६) येशूले दिनुभएको यस चेतावनीको प्रसङ्‌गलाई विचार गर्ने हो भने सायद लूतकी पत्नीले आफूले छोडेर आएका कुराहरू सम्झेकी थिइन्‌ भन्‍ने कुरा थाह पाउँछौँ। (लूका १७:३१, ३२) लूतकी पत्नीले जस्तो यहोवाको अनुमोदन नगुमाउने हो भने हामीले के गर्नुपर्छ? हामीले भौतिक सुखसुविधा हासिल गर्ने कुरालाई पहिलो स्थान दिनु हुँदैन। (मत्ती ६:३३) येशूले हामी “परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ” भनेर सिकाउनुभयो। (मत्ती ६:२४) तर यदि भौतिक कुराहरूले हामीले आध्यात्मिक कुराहरूलाई दिनुपर्ने समय खाइरहेको चाल पायौँ भने के गर्न सक्छौँ? आफूले छाँटकाँट गर्नुपर्ने कुराहरू थाह पाउन समझ दिनुहोस्‌ र छाँटकाँट गर्नको लागि आवश्‍यक बल र साहस दिनुहोस्‌ भनेर हामी यहोवालाई प्रार्थना गर्न सक्छौँ।

लूतकी पत्नीलाई सम्झनुहोस्‌ भन्‍ने तीन भागको भिडियो याद गर्दै निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • जिना काम गर्ने ठाउँमा; रिया र तिनकी मामा; ब्रायन र रिया सँगै प्रार्थना गर्दै

    ‘लूतकी पत्नीलाई सम्झेको’ कुरा म कसरी आफ्नो कामद्वारा देखाउन सक्छु?

    धेरै पैसा कमाउने दबाबले रियाको सोचाइ, बोली र व्यवहारमा कस्तो असर गऱ्‍यो?

  • लूतकी पत्नी आज हाम्रो लागि किन चेतावनीमूलक उदाहरण हुन्‌?

  • बाइबल सिद्धान्तहरू लागू गर्दा जोन र तिनको परिवारले कस्तो मदत पाए?

  • काम गर्ने ठाउँका साथीहरूसितको सङ्‌गतले जिनालाई आध्यात्मिक रूपमा कस्तो असर गऱ्‍यो?

  • पैसालाई जीवनमा पहिलो स्थान दिने दबाबको सामना गर्न हामीलाई किन साहस चाहिन्छ?

  • ब्रायन र रियाले आध्यात्मिक कुराहरूलाई पुनः पहिलो स्थान दिन के गरे?

  • यस भिडियोमा कुन-कुन बाइबल सिद्धान्तहरूलाई जोड दिइएको तपाईँले याद गर्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने