बाइबलमा पाइने अनमोल धन | युहन्ना ५-६
उचित मनसाय राखेर येसुलाई पछ्याउनुहोस्
येसुको दृष्टान्त बुझ्न नसकेकोले केही चेलाले ठेस खाए र उहाँसित सङ्गत गर्न छोडे। अघिल्लो दिन मात्रै येसुले तिनीहरूलाई चमत्कारपूर्ण ढङ्गमा खुवाउनुभएको थियो र परमेश्वरले नै आफूलाई शक्ति दिनुभएको हो भन्ने कुराको प्रमाण दिनुभएको थियो। त्यसोभए तिनीहरूले किन ठेस खाए? किनकि तिनीहरूले स्वार्थी मनसाय राखेर येसुको पछि लागेका थिए र भौतिक लाभको लागि मात्र येसुसित सङ्गत गरेका थिए।
हामी प्रत्येकले आफैलाई यस्तो प्रश्न सोध्नुपर्छ: ‘म किन येसुलाई पछ्याउँछु? के मैले उहाँलाई पछ्याउनुको मुख्य कारण अहिले पाइरहेको र भविष्यमा पाउने आशिष् हो? वा यहोवाप्रतिको प्रेम र उहाँलाई खुसी पार्ने चाहना हो?’
यदि हामीले यहोवाको सेवा गर्नुको मुख्य कारण निम्न कुराहरू हो भने हामी ठेस खान पुग्न सक्छौँ, किन?
हामीलाई परमेश्वरका जनहरूमाझ हुन मन पर्छ
हामी प्रमोदवनमा बाँच्न चाहन्छौँ